नार्कमा राजनीतिक हस्तक्षेप रोक्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना प्रक्रिया रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग गरिएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले परिषद्को संरचनागत सुधारका लागि यस्तो आयोग गठन गर्नुपर्ने प्रस्ताव […]

नयाँ प्राधिकरण नबनाइने झन् शक्तिशाली बनाइने : पूर्वाधार मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा–भोटेकोशी बाढीको पुनर्निर्माणको लागि नयाँ प्राधिकरण नबनाउने बताएका छन् । सोमबार प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले नयाँ प्राधिकरण नबनाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइने बताए । हाल रसुवा बाढीलाई लक्षित गर्दै नयाँ प्राधिकरण भने गठन गर्ने योजना सरकारको छैन । यसका […]

नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा राहत तथा सञ्चार सुविधा घोषणा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँ जिल्लाका नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपास बसोबास गर्ने तथा बाढीबाट प्रत्यक्ष प्रभावित नागरिकलाई लक्षित गरी विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। बाढीका कारण क्षति भएका र पुनः […]

बाढी प्रभावितका लागि पुरानै स्थानमा फर्काउने योजना छैन : पूर्वाधारमन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि पुरानै स्थानमा राख्ने योजना नरहेको बताएका छन् । प्रतिनिधिसभा, विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षतिग्रस्त बनाएकै स्थानमा पुन: बस्ती बसाल्न असम्भव रहेको बताए । ‘अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौं,’ उनले भने, ‘अहिले भूकम्पभन्दा फरक तरिकाले जानुपर्ने छ, जुन स्थानमा क्षति भएको […]

चाडपर्व लक्षित यातायात व्यवस्थापनका लागि विभागले बोलायो बैठक

काठमाडौं । विजया दशमी, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको संयुक्त बैठक बोलाएको छ। चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुहरूका साथै देशभरका अन्य मुख्य गन्तव्यहरूको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सहजीकरण गर्ने उद्देश्यले विभागले छलफल आयोजना गरेको हो। विभागका अनुसार […]

माथिल्लो त्रिशूली-१ बाढी: ३९ जनाको मृत्यु, ४३९ जना अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (NWEDC) ले विज्ञप्ति जारी गर्दै बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको र ४३९ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। बाढी आउने […]

यती एअरलाइन्स स्थापनाको २८ वर्ष पूरा, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

काठमाडौं ।  नेपालको हवाई यातायात क्षेत्रमा २८ वर्ष पूरा गरेको यती एअरलाइन्सले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा प्रदान गर्न सफल भएको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, सुरक्षा र समग्र यात्रु अनुभवलाई आफ्नो व्यवसायको महत्वपूर्ण आधार बनाउँदै आएको जनाएको छ । पछिल्लो […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेण्ट बैंकले असोज २८ गते साधारण सभा बोलाएको छ  । सभा होटल सेफ्रन सि.के. प्रा लि. (हायात प्लेस) बुटवल,रुपन्देहीमा बिहान साढै ११ बजे सुरु हुनेछ । सभामा बैंकले ६ प्रतिशत बोनस शेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न […]

नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो सम्पन्न

ज्युरिख । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ । सेप्टेम्बर १६ मा स्वीट्जरल्यान्डको ज्युरिखमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका […]

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई “द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड […]