स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो

स्याङ्जा । स्याङ्जा जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ताको तुलनामा खारेजी हुने उद्योगको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ। एकीकृत सेवा कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २९० नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुँदा ३३४ उद्योग तथा फर्म खारेजीमा परेका छन्। कार्यालयका अनुसार उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी कुल २९० नयाँ उद्योग […]

४८८ मध्ये २० लुम सञ्चालनमा, हेटौँडा कपडा उद्योग पूर्ण क्षमतामा चलाउने तयारी

मकवानपुर । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले उद्योग पुनःसञ्चालनको प्रयास सफल हुँदै गएको बताएकी छन्। शनिबार उद्योगको स्थलगत अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री यादवले उद्योगमा रहेका ४८८ वटै लुम क्रमशः सञ्चालनमा ल्याइने जानकारी दिइन्। उनका अनुसार हालसम्म २० […]

बालेन नेतृत्वको सरकार पाँच वर्ष टिक्दैन : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्। शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार विदेशी शक्तिको आडभरोसामा चलेको आरोप लगाए। उनले सरकार कुन शक्तिको समर्थनमा चलेको भए पनि एमाले त्यसबाट […]

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विषय नियामकीय प्रक्रियाबाट समाधान हुनुपर्छ : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लिलामी बिक्री गरेको स्मार्ट टेलिकमको सम्पत्तिको विषयमा फौजदारी आरोप भन्दा पनि देवानी प्रक्रिया मार्फत सुल्झाउन सुझाएको छ । बैंकबाट स्मार्ट टेलिकमले लगेको कर्जा ‘डिफल्ट’ भएपछि सुरक्षित कारोबार ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा आधारित भइ धितो लिलामी भयो । सो […]

कोशी प्रदेशको विद्युतीकरणबारे छलफल

विराटनगर। नेपाल विद्युत प्राधिकरण, कोशी प्रादेशिक कार्यालय, विराटनगरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भाद्र ५ गते साँझ ७ः३० बजेदेखि करिब १०ः३० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कोशी प्रदेशको विद्युतीकरणको वर्तमान अवस्था, प्रगति, चुनौती तथा भावी कार्यदिशाका विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा प्रादेशिक […]

१५ दिनको अल्टिमेटम: बञ्चरेडाँडाका स्थानीयद्वारा फोहोर विसर्जन रोक्ने चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या देखिने संकेत भएको छ। बञ्चरेडाँडाका स्थानीयले वैज्ञानिक र व्यवस्थित ढंगले फोहोर व्यवस्थापन नभएको भन्दै काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई एक घण्टा रोकेका छन्। स्थानीयका अनुसार फोहोरबाट निस्किएको दुर्गन्ध गाउँभर फैलिनुका साथै लिच्चेड खोलामा मिसिने समस्या बढेको छ। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले चरणबद्ध […]

पोखराबाट सडकमार्ग हुँदै मुस्ताङ हिँडे प्रधानमन्त्री शाह

गण्डकी।परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आएका प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतिर लागेका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए। मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।  

३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको […]

बाढी नियन्त्रण र सिँचाइ विकासमा जोड दिँदै , निरीक्षणमा ऊर्जामन्त्री श्रेष्ठ

सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताएका छन् । स्थलगत निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरणसँगै सिँचाइ विस्तारका लागि तत्काल गर्न […]

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन स्वागत गरिएको हो। कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको […]