सद्भाव जोगाउन धार्मिक अगुवासँग रवि लामिछानेको छलफल

काठमाडौं । सुनसरी, सिरहासहित देशका विभिन्न भागमा धार्मिक तथा सामाजिक सद्भाव खलबलिँदै गएपछि त्यसलाई नियन्त्रण गर्न र शान्ति पुनर्वहालीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक तथा सामाजिक अगुवाहरूसँग छलफल थालेका छन्। शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मुस्लिम समुदायका धार्मिक अगुवाहरू मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग गहन […]

सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू र सर्वसाधारणबीच उत्पन्न तनावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भावका लागि सकृय रहन लागि सबै प्रदेश महासंघ तथा जिल्ला-नगर संघहरूलाई सक्रिय रहन आह्वान गरेको छ । तराईका विभिन्न जिल्लामा देखा परेको वर्तमान […]

पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको शव भेटियो

काठमाडौं । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानलाई उदृत गर्दै हालसम्म उद्धार टोलीले चार जनाको शव फेला पारेको उल्लेख गरेको छ। तर, शवको पहिचान हुन बाँकी छ। बेपत्ता टोलीमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही […]

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो । पर्यटन विभागले आज जारी […]

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी कफ्र्यु आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । सूचनामा प्रमुख […]

सुनसरी घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताका लागि अपिल

काठमाडौं । पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित असहज परिस्थितिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र हो। विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै […]

प्रधानमन्त्री शाह र मधेशी नेताहरूबीच छलफल सुरु

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ। छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, […]

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

काठमाडौं । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो । मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष […]

एक्स’मा किर्तिमानी लक्ष्य सार्वजनिक पछि ब्रोड पिकमा हिमपहिरो: निर्मल पूर्जासहित १० आरोही बेपत्ता

काठमाडौं । विश्वविख्यात किर्तिमानी पर्वतारोही निर्मल पूर्जा (‘निर्म्स दाइ’) ले पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहण गर्नुअघि सामाजिक सञ्जाल ‘एक्स’  मा एक भावुक र महत्त्वाकांक्षी सन्देश पोस्ट गरेका थिए। बिना अक्सिजन विश्वका १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल दुई-दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने आफ्नो लक्ष्य रहेको सार्वजनिक गर्दै उनले लेखेका […]

ईपीएस आवेदनको चापसँगै राहदानी विभाग दुई सिफ्टमा सेवा सञ्चालन

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा पछिल्ला दिनहरूमा राहदानी बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ। विशेषगरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपालीको सङ्ख्या बढेसँगै विभागमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको हो। बढ्दो भीडलाई व्यवस्थापन गर्न राहदानी विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। विभागका अनुसार […]