नेप्से १० अंकभन्दा बढीले घट्यो, कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १० अंकभन्दा बढीले घटेको छ। बिहीबार सामान्य अंकले बढेको बजार शुक्रबार बिक्री चाप बढेपछि ओरालो लागेको हो। शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.५४ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ अंकले घटेका छन्। […]

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थायी बासिन्दा कार्कीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक […]

डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’

काठमाडौं । नेपाल जन-प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा व्यवस्थापन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने भएको छ। संघका अनुसार धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनसहित स्वास्थ्य सेवा र संस्थागत विकासमा विशिष्ट योगदान पुर्‍याएको भन्दै डा. रामकण्ठ माकजू श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८१’ प्रदान गरिनेछ। त्यस्तै सार्वजनिक प्रशासन […]

पहिलो महिनामा १ खर्ब ४८ अर्ब व्यापार घाटा, आयात र निर्यात भने दुवै बढ्यो

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख पुगेको छ । जुन गत आव २०८२/८३ को तुलनामा २५ प्रतिशतले बढी हो । गत आवको पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रहेको थियो । समिक्षा […]

कञ्चनपुरमा ठुला योजना : निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलको काम अलपत्रजस्तै छ। ९५ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त पुलको काम सरकारी पक्षबाट ड्याम (गाइण्ड बण्ड)को नयाँ डिजाइन र भेरियसन अर्डरमा भइरहेको ढिलाइले काम अलपत्र अवस्थमा पुगेको हो। केही समय अघि गत वर्ष महाकाली नदीमा […]

अब बैंकबाहेक अन्य योग्य कम्पनीले पनि ऋणपत्र जारी गर्न पाउने, सेबोनद्वारा नियमावलीको मस्यौदा जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारलाई विविधिकृत, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव माग गरेको छ। हाल बैंक तथा वित्तीय संस्थामा मात्र मुख्य रूपमा सीमित रहेको ऋणपत्र बजारलाई विस्तार गरी अन्य योग्य संगठित संस्थाहरूलाई समेत ऋणपत्रमार्फत दीर्घकालीन पूँजी जुटाउन […]

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएका छन् । कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए । मन्त्री […]

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ । विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ । अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका […]

सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ (भोलि) गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने छिन्। भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्ने, सहकारीका समस्या सुन्ने तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको […]

नोटबन्दी नगर्ने सरकारको प्रतिवद्धता : अर्थमन्त्री वाग्ले

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी नगर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले  सो कुरा बताएका हुन् । छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने?’ भनी प्रश्न गरेपछि उहाँले सरकारको धारणा स्पष्ट पारे  । “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। […]