विदेशी विनिमय सञ्चिति करिब ३९ खर्ब, एक वर्षमा ४५ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रुपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति उल्लेख्य दरले वृद्धि भएको हो । प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल […]

भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ?’

काठमाडौं । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए। […]

विभिन्न स्थानमा फेला परे ६९ जनाको शव

काठमाडौं ।  रसुवामा गएको बाढीमा परेर बेपत्ता भएका ६९ जनाको शव फेला परेको छ। घटनालगत्तै विभिन्न स्थानमा खोजी कार्य जारी राखिएकोमा ती शव भेटिएका हुन्। बागमती प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र धमलाका अनुसार बागमती प्रदेशभित्र मात्रै ४६ वटा शव भेटिएका छन्। यसबाहेक गण्डकी प्रदेशको गोरखा-तनहुँ खण्डबाट ९ वटा र नवलपरासी पूर्वबाट १४ वटा शव फेला […]

रसुवा र नुवाकोटबाट सेनाले गर्‍यो ८८ जनाको हवाई उद्धार (रसुवा बाढीका यसअघिका सबै समाचार सहित)

काठमाडौं । नेपाली सेनाले रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावित भएका ८८ जनाको हवाई उद्धार गरेको छ। बाढीका कारण विभिन्न स्थानमा फसेका तथा घाइते भएका नागरिकलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको हो। सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा बिहानैदेखि हवाई उद्धार तथा राहतका काम भइरहेको छ। सेनाले नुवाकोटको बट्टारमा आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको जनाएको छ। बाढीका […]

विपद् व्यवस्थापनमा परम्परागत शैली बदल्दै ‘ प्रो–एक्टिभ ’ योजना बनाउन हर्कराज राईको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राईले विकासका नाममा सडक र पुल निर्माणमा मात्र केन्द्रित नभई विपद्का समयमा प्रभावकारी उद्धार तथा राहतका लागि आवश्यक प्रविधि, उपकरण र जनशक्तिमा पनि राज्यले लगानी गर्नुपर्ने बताए। उनले विपद्को […]

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा गएको ठूलो बाढीका कारण सिर्जना भएको गम्भीर र चिन्ताजनक स्थितिमा उद्धार र राहत कार्यमा तुरुन्त जुट्न निर्देशन दिए […]

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले पुराएको क्षति, हेर्नुहोस् तस्बिरमा

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ लगायतका जिल्लाहरू गम्भीर रूपमा प्रभावित भएका छन्। बाढीले नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा पनि क्षति पुगेको छ। यहाँबाट कैदीबन्दीलाई सुरक्षित ब्लकमा सारिएको छ। बाढीले नुवाकोटको विदुर नगरपालिका- ५ स्थित देवीघाट बजार डुबेको छ। त्यसैगरी विदुर नगरपालिका- […]

प्रधानमन्त्री शाहलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो । […]

नबिल बैंकले ल्यायो शून्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिनै किस्तामा भुक्तानी गर्न […]

रसुवा र नुवाकोटका दर्जनभन्दा बढी बैंक शाखा बाढीको चपेटामा

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् । नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे लगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । केही […]