इन्टरनेट सेवा प्रदायकको बक्यौता विवाद समाधानतर्फ, ‘जायज माग सम्बोधन हुन्छ, कानुनअनुसारको रकम तिर्नैपर्छ’ : सञ्चारमन्त्री
काठमाडौं । वर्षौंदेखि अल्झिएको इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूको बक्यौता विवाद टुंग्याउन सरकारले प्रक्रिया अघि बढाएको छ। दूरसञ्चार सेवा शुल्क (टीएससी), रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको बक्यौता, कर निर्धारण तथा लाइसेन्स नवीकरणसँग सम्बन्धित विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल तीव्र बनाएको हो। यसैक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. […]

