मन्त्रिपरिषद्को बैठक  बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  विहान ११:३० बजे बैठक आयोजना गर्न लागिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।  

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल , बोलाइएन गभर्नर र डेपुटी गभर्नर

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्न  लागेका छन् । आर्थिक बिस्तार, आर्थिक बृदि र समृदी हासिल रोजगारि सिर्जना गर्ने भन्दै उनले ब्यबसायी उधोगी, बैंकर संग नियमित सम्वाद गरिरहेका छन् यसैको सिलसिला स्वरूप आज उनले नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्न लागेका हुन् । […]

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री भएको छ । बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार साउन १२ गते उक्त लिलाम सेयर बाँडफाँड गरिएको हो । कम्पनीले हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता सेयर पहिलोचोटी गत जेठ २९ गतेदेखि असार ८ […]

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि निष्काशन गरिरहेको १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशतले […]

‘रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी’ निर्देशिका, २०८३ जारी : बीमा कम्पनीले जोखिमअनुसार पूँजी राख्नुपर्ने, बोनस वितरणमा समेत कडाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी’ निर्देशिका, २०८३ जारी गरेको छ ।  प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ मा भएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको हो । बीमा कम्पनीहरुले आफ्नो जोखिम बमोजिम पर्याप्त पूँजी स्तर कायम राख्नुपर्ने व्यवस्था सुनिश्चित गर्न आवश्यक देखिएकाले वित्तीय समस्या समाधान गर्न तथा पर्याप्त […]

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । सेबोनले चालु आर्थिक वर्षको बजेट बक्तव्य तथा बोर्डको चालु आर्थिक वर्षको पुँजी बजार नीतिमा उल्लेख भएका विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै लाने क्रममा मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, शर्ट सेलिङ्ग लगायत […]

बेनी–जोमसोम सडक रातिमा बन्द

काठमाडौं । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । बेनी–जोमसोम […]

राजस्व संकलन बढाउन गैरकर राजस्वसम्बन्धी ‘छाता ऐन’ ल्याउँदै सरकार, चालू आवमा १ खर्ब ७७ अर्ब गैरकर उठाउने लक्ष्य

काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालनलाई सुदृढ बनाउने र गैरकर राजस्वको हिस्सा उल्लेख्य रूपमा बढाउने उद्देश्यसहित ‘गैरकर राजस्वसम्बन्धी छाता ऐन’ निर्माण प्रक्रिया अघि बढाएको छ। विभिन्न कानुनमा छरिएर रहेका गैरकर राजस्वसम्बन्धी व्यवस्थालाई एकीकृत गर्दै संकलन प्रणालीलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने लक्ष्यका साथ अर्थ मन्त्रालयले नयाँ कानुनको तयारी थालेको हो। चालू आर्थिक वर्ष २०८३र८४ को […]

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्य योजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले […]

होर्मुज खोल्ने प्रयास तीव्र, इरान–ओमान वार्ता सकारात्मक, तेलको मूल्यमा गिरावट

काठमाडौं । इरान र ओमानबिच होर्मुज जलडमरूबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको दुवै पक्षको संकेतपछि मध्यपूर्वमा जारी युद्धको प्रभाव कम हुने आशा बढेको छ। तर, त्यही समयमा यमननजिकै रेड सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमणले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै गम्भीर रहेको देखाएको छ। […]