धितोपत्र बोर्डद्वारा पूँजी बजार सुधारका लागि निर्देशन जारी, कसलाई के निर्देशन दियो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारलाई थप सुदृढ, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्देशनहरु जारी गरेकाे छ । बाेर्डले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई सम्बोधन गर्दै व्यापक निर्देशनहरू जारी गरेको हाे। बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) […]

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्नेछन् । यस्तै, […]

मनसुनी वायुको प्रभाव, चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । मनसुनी वायुको प्रभावका कारण देशका केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना हो । जल तथा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ […]

‘नाडा अटो शो’मा नयाँ एक्सएसआर १५५ को अनावरण गर्दै यामाहा

काठमाडौं नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले आगामी अगस्ट २५ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा XSR 155  को अनावरण गर्ने घोषणा गरेको छ । ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीहरूले पहिलोपटक यामाहाको नयाँ […]

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं ।  एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन्। यस साझेदारीअन्तर्गत, रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन्। त्यस्तै, रु. ९९ […]

धितोपत्र र बीमा कसुरमा फरार दुई महिलासहित चार जना पक्राउ

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ र बीमा ऐन २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सोमबार विभिन्न संस्थाका चार जना फरा प्रतिवादीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४३ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन्। यस्तै, साबिक ललितपुर उपमहानगरपालिका–२ की […]

नाडामा सिएरा ईभी सार्वजनिक

काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ ।  नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो । साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रि बुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दशैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ […]

१३ औँ कृति अवार्ड्समा २४ नयाँ विधा समावेश, मनोनयन दर्ता खुला

काठमाडौं ।नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवार्ड्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ। यसपटकको कार्यक्रम रेडबुल इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेकाले ‘रेडबुल १३ औँ कृति अवार्ड्स २०८३’ नामकरण गरिएको छ। नेपाल विज्ञापन संघ (आन) को आयोजना र रेडबुलको सहकार्यमा आगामी महिना अवार्ड समारोह भव्य रूपमा आयोजना हुनेछ। यस आयोजनालाई नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स, […]

भेस्पार र अप्रिलियाले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै “द सेभिङ एक्स्ट्राभागान्जा” नामक विशेष योजना सार्वजनिक

काठमाडौं ।  नेपालमा Vespa र Aprilia का आधिकारिक वितरक Delta Autocorp Pvt. Ltd. ले NADA Auto Show 2026 लाई लक्षित गर्दै विशेष “The Saving Extravaganza” योजना सार्वजनिक गरेको छ। Stall No. TWE-11 मा उपलब्ध यस योजनाअन्तर्गत NADA Auto Show अवधिभर Vespa वा Aprilia खरिद वा बुकिङ गर्ने ग्राहकले रु. २८,५०० सम्मको विशेष लाभ प्राप्त गर्नेछन्। […]