आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम […]

यस्तो छ बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा रहेको थियो । युरोपियन […]

बजारमा ग्याँसको अभाव नभएको आयल निगमको दाबी बास्तबिकता फरक

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव नरहेको र आपूर्तिको अवस्था सहज रहेको  दाबी गरेको छ  । आयल निगमले आज एक बिज्ञप्ती जारी गरेर सो कुराको जानकारी दिएको हो । निगमका अनुसार विभिन्न सञ्चार माध्यममा ग्याँस अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले सर्वसाधारणलाई अनावश्यक रूपमा ग्याँस खरिद गरी भण्डारण नगर्न […]

सरकार र बैंकिङ क्षेत्र नियामक र नियमित निकाय नभइ साझा राष्ट्रिय जिम्मेवारी पुरा गर्ने सारथी – अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइन; साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको बताएका छन। मन्त्री वाग्लेले  आज नेपालका बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बजेट क्रियान्वयन र लगानी बिस्तार, आर्थिक वृद्धि, , रोजगारी सिर्जना र वित्तीय स्थायित्व कसरी गर्न सकिन्छ भनि गरेको छलफल मा सो कुर ब्यक्त गरेका […]

ग्यास अभाव समाधानका लागि प्रधानमन्त्री कार्यालयमा छलफल, प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी आयात गर्ने 

काठमाडौं । बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला निकायबीच छलफल भएको छ। मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा ग्यास आपूर्तिको अवस्था, अभावको कारण र समाधानका उपायबारे समीक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। छलफलमा व्यवसायीहरूले बजारमा वास्तविक ग्यास अभाव नभएको दाबी गर्दै उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्दा […]

हिमालयन लघुवित्तको नाफा ४९ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.१८ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी ३७ करोड ८ लाख रुपैयाँबाट बढेर ४४ करोड […]

जिल्ला अदालतद्धारा कमोडिटी बजार सञ्चालन गर्ने दोषी ठहर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अनुमति नलिई कमोडिटी बजार (वस्तु विनिमय बजार) सञ्चालन गरी सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको प्रकरणमा प्रतिवादीहरूलाई दोषी ठहर गरेको छ। न्यायाधीश उमानाथ गौतमको इजलासले प्रतिवादीहरूलाई ठगी, संगठित अपराध तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुर गरेको ठहर गरेको हो। अदालतले ‘एमईएक्स नेपाल’, ‘हिमालयन क्लियरिङ कर्पोरेसन’, ‘मनी स्पेल इन्भेस्टमेन्ट’ र […]

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा । झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ । स्थानीय तहअनुसार सबैभन्दा कम गौरीगञ्ज गाउँपालिका मा ८५ प्रतिशत रोपाइँ भएको छ भने दमक र कन्काई नगरपालिका मा ९८ प्रतिशत […]

एन्टीस्नेक भेनम देशभर १ हजार २६९ डोज मौज्दात छ : मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि प्रयोग हुनेएन्टी स्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको बताइन्। उनले सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च […]

नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर नेप्से सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  नेपाल लाइफ इन्स्योरेन्स ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।