राष्ट्रपतिको अपिल : सबैले उद्धार र राहतको कामलाई तिव्रता दिनु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले मलाई अत्यन्त दुखी बनाएको बताएका छन् । उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन म सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान समेत गरेका छन् ।

भोटेकोशी बाढीपीडितको उद्धार तीव्र, १२ जनाको हेलिकोप्टरबाट उद्धार,फोटो सहित

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेनाका ४ वटा र निजी कम्पनीका […]

रसुवागढी भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी तथा उद्धार जारी

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् भने बाँकीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। रसुवा भन्सार कार्यालयमा कुल ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा रहेको […]

भोटेकोशी बाढीबारे छलफल गर्न कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाबारे छलफल गर्न आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक बुधबार दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ। यसैगरी, बैठकमा काठमाडौंमा […]

रसुवामा बाढी प्रभावित १२ जनाको उद्धार, १२ हेलिकोप्टर परिचालन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार बाढी प्रभावित १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको हो। उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा नेपाली सेनाका ४ वटा […]

बाढी प्रभावित जिल्लाका लागि फोन र डाटा सेवा निशुल्क दिन सरकारको निर्देशन

काठमाडौं । भाेटेकाेशी बाढीका कारण अवरुद्ध भएको सञ्चार सेवा छिटोभन्दा छिटो सुचारु गर्न सम्बन्धित निकायले तीव्र रूपमा काम गरिरहेको सञ्चारमन्त्री विक्रम तिमिल्सनाले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सूचना आदानप्रदानमा समस्या नहोस् भन्ने उद्देश्यले सञ्चार सेवालाई प्राथमिकताका साथ पुनः सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए। मन्त्री तिमिल्सनाका अनुसार प्रभावित जिल्लाका नागरिकलाई सहज […]

प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले यो आकस्मिक बैठक आह्वान गरेका हुन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र […]

रसुवा भोटेकासीको बाढी करिब आधा घण्टामा मुग्लिन पार हुने

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले रसुवा भोटेकोसीमा आएको बाढी हाल मलेखु बजार धादिङ आसपास पुगेको अबको करिब आधा घण्टामा मुग्लिन पार हुने बताएको छ । महाशाखाले रसुवा भोटेकोसीमा आएको बाढी हाल मलेखु बजार धादिङ आसपास पुगेको र अबको करिब आधा घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन, नारायणघाट लगायत त्रिशुली नदी छेउछाउका […]

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक : उद्धारमा जुट्न निर्देशन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले आपतकालीन बैठक बोलाएर उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकायसहित सम्बन्धित सरकारी निकायका अधिकारीहरूलाई बोलाएर आपतकालीन बैठक गरेका हुन्। बैठकमा […]

त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह

काठमाडौं ।गृह मन्त्रालयले रसुवा भोटेकोशीमा आएको बाढी त्रिशुली नदी फुर्के ,मलेखु जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको बताएको छ । मन्त्रालयले त्रिशुली नदी फुर्के ,मलेखु जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । रसुवाको स्याफ्रुबेँसी […]