एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा उक्त स्टोरले तोकिएकोभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो। त्यसैगरी, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित […]

सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको […]

एनएमबी सरल बचत फण्ड-ईले इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने

काठमाडौं । एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ। फण्डको २०८३ असार मसान्तमा कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा बराबरको इकाई पुँजीको ५.२५ प्रतिशतका दरले कुल २५ करोड ६८ लाख १७ […]

करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । डा. स्वर्णिम वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) बिल दिने-लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। शुक्रबार आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो गोलाप्रथा (ड्र) घोषणा समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले डिजिटल प्रणालीमार्फत कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको स्पष्ट […]

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

काठमाडौं । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादव बताउँछन् । उनले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको बताए । महोत्तरीबाट ३५, बारामा १५, धनुषामा […]

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं ।  दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन आज सफलतापूर्वक सम्पन्न भएको छ। देशव्यापी छनोट प्रक्रियामार्फत नेपालका विभिन्न क्षेत्रबाट आएका कुल ६५ जना प्रतिस्पर्धीले आफ्नो आत्मविश्वास, प्रतिभा र क्षमता प्रस्तुत गर्दै नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका लागि प्रतिस्पर्धा गरेका छन्। यी ६५ प्रतिस्पर्धीमध्ये २५ जना अर्को चरणका लागि छनोट […]

मेची भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यको ९३ प्रतिशत

काठमाडौं । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । शूक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९६ हजार ९ सय    रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँ थियो । आज चाँदी पनि १० रुपैयाँले बढेको छ । […]

मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी चीन जाने

काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउँदै सन् २०२६ को ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ। कार्यक्रमको औपचारिक सुरुवातका अवसरमा ईसीयूटी अन्तर्राष्ट्रिय विद्यालयका उपडिन झोउ लिङ र अन्तर्राष्ट्रिय सहकार्य तथा आदान–प्रदान कार्यालयका शाखा प्रमुख फान झेनछ्वानले नेपालको औपचारिक भ्रमण गरेका हुन्। भ्रमणका क्रममा […]

२५० को सामान किन्दा १० लाखको बम्पर उपहार: ‘करदाता प्रोत्साहन कार्यक्रम’को पहिलो विजेता घोषणा

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो बम्पर उपहार घोषणा गरिएको छ। काठमाडौंस्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जितेका छन्। सरकारले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा पहिलो बम्पर उपहार घोषणा गरेको हो। विजेता उपभोक्ताको कुपन नम्बर ००७३१५२५४४९३ […]