सानिमा रिलायन्स लाइफको ब्यतित बीमालेख पुनर्जागरण गर्दा आजसम्म छुट पाइने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा आज पुस २४ गतेसम्म छुट पाइने भएको छ । कम्पनीले पुस १ गतेबाट नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको थियो । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ […]

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा म‌गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यबृद्धिलाई ध्यान दिएर ठेक्काहरुमा […]

साल्टी होटलका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश बैंक खातामा पठाएको छ । कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश जम्मा गरिदिएको हो । होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २६ […]

संखुवासभाको मकालु क्षेत्रमा हिमपात

संखुवासभा । संखुवासभाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ। चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए। उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो। अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ। चिसोले बालबालिका, वृद्धवृद्धा र […]

कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा उत्रिएका हुन् । दक्षिण कोरियाले एचआरडी कोरियामार्फत सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रका लागि ईपीएस मार्फत कामदार माग गरेको थियो, […]

राजदूत तुम्बाहाम्फेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेकी सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उनले […]

परासीबाट चार चारपाङ्ग्रेको सवारी चालक अनुमतिपत्र वितरण थालियो

नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो । सेवा थप भएसँगै चारपाङ्ग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, […]

चिसोको कारण रौतहटका विद्यालयहरू धमाधम बन्द हुँदै

काठमाडौं । रौतहटका सामुदायिक तथा निजी विद्यालयमा आज बुधबारदेखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा […]

आर्थिक वृद्धिदर भने ३.४प्रतिशत हुने

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर  तीन दशलमव चार प्रतिशत हुने अनुमान गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव दुई प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत थियो ।  कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण र पर्यटन […]

कर्णाली कर्णाली डेभलपमेन्ट बैंकको डीडीए हुने

काठमाडौं । कर्णाली कर्णाली डेभलपमेन्ट बैंकको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) हुने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट कम्पनीलाई दरभाउ पेस गर्न आह्वान गरेको हो। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले गत पुस ११ गते कर्णाली कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएको थियो। […]