आन्तरिक उडान गर्ने हवाई कम्पनीले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : सांसद बस्नेत
काठमाडौं ।नेकपा एमालेका सांसद महेश बस्नेतले आन्तरिक उडान गर्ने निजी हवाईजहाज कम्पनीले यात्रुलाई भेडा बाख्रा जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारो बैठकमा शून्य समयमा बोल्दै उनले आधा घण्टाको उडानका लागि ४ घण्टासम्म कुराउने गरेको आरोप लगाए । हवाई जहाजले यात्रुलाई सम्मान नगरेको र यात्रुहरूको समयलाई ख्याल नगरेको आरोप बस्नेतको थियो ।

