एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्याउने प्रतिवद्धता

काठमाडौं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ । यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरिय शिक्षाका लागि योगदान […]

राजस्व अनुसन्धान विभागको सफलताः २५ करोड विदेशी मुद्राका मालिक पहिचान

काठमाडौं । टोखा झोरबाट ट्रकसहित २५ करोड १८ लाख २४ हजार रुपैयाँ बराबरको युरो र डलर फेला परेको प्रकरणमा संलग्न रहेको व्यक्ति पहिचान गरिएको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार उक्त रकम हाल टोखा नगरपालिका-१०, महादेवटार हाइटमा बसोबास गर्ने तथा स्थायी रूपमा सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेलको भएको अनुसन्धानबाट खुलेको छ। विभागका अनुसार […]

नेपालको कृषि समृद्धि लागि जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयको सहकार्य

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ । जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो । अप्रिल २ मा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे । यो साझेदारी नेपाली […]

बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश डा। नहकुल सुवेदीको एकल इजलासले सरकारलाई एक महिनाभित्र जवाफ पेश गर्न आदेश दिएको हो। रिटमा अध्यक्ष पदका लागि तोकिएको न्यूनतम योग्यता पूरा नगरेका व्यक्तिलाई नियुक्त […]

राजावादी समूहको आन्दोलनमा प्रहरीद्वारा गोली प्रहार, २० जना घाइते

काठमाडौं । राजावादी समूहले चैत १५ गते गरेको आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा २० जना घाइते भएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा सुरक्षाकर्मीको गोली लागि २० जना घाइते भएको जानकारी दिइएको छ। घाइतेहरूमा १८ पुरुष र दुई महिला रहेका छन्। घटनापछि १३ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। आन्दोलन नियन्त्रण लिन सूरक्षाकर्मीले ग्याससेल ७४६, ब्ल्याङक […]

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितीमा बैंककमा भएको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरेका हुन् […]

एकै दिन नेप्सेमा ४ करोड बढी बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा एकै दिन अर्थात् मंगलबार ४ करोड बढी बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार ४ वटा कम्पनीको ४ करोड २१ लाख ८६ हजार ४४८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका सूचना अधिकारी मुरारी पराजुलीका अनुसार ङादी ग्रुप पावर लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त […]

घटेको शेयर बजारमा सुधार, २७०० माथि नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०८ अंकले बढेर ४४७.७७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.८३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ […]

प्लाई उद्योगमा आगलागीबाट ३८ करोड क्षती

दाङ। दाङको घोराही–९, खैरास्थित ‘सांग्रिला प्लाई तथा भेनियर उद्योग’ मा आगलागी हुँदा ३८ करोड रुपैयाँको क्षति भएको छ। झन्डै दुई दिनसम्म लागेको आगो निभाउन दाङसहित बर्दिया, बाँके, कपिलवस्तु र रूपन्देहीबाट आठ वटा दमकल प्रयोग गरिएको थियो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार प्रारम्भिक क्षतिको विवरण संकलन गरिसकिएको छ। प्लाई, केमिकल, मेसिन र ठूलो परिमाणमा […]

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च

काठमाडौं । काठमाडौं उपत्यकामा उच्च वायु प्रदूषण भएको छ । काठमाडौंको वायु निकै अस्वस्थकरको तहमा पुगेको हो । काठमाडौं प्रदूषित शहरको सूचीमा बुधबार बिहान विश्वमै दोस्रो नम्बरमा छ । काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ । आइक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । […]