कश्मीर आतंकवादी आक्रमणको नेपालले गर्यो कडा निन्दा
काठमाडौं । जम्मू–कश्मीरमा २७ जनाको ज्यान जानेगरी मंगलबार भएको आतंकवादी आक्रमणको नेपालले निन्दा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादी आक्रमणको निन्दा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’ साथै उनले […]

