राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितलाई दुई करोड सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच दुई करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । […]

एनसेल फाउन्डेशनद्वारा निग्लिहवा, कपिलवस्तुमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले […]

नख्खु खोलाले बगाएकालाई उद्धार गर्ने तामाङलाई केएनपी नेरोलेक पेन्ट्सको नगद सहित सम्मान

काठमाडौं । ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ । काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका २ जनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ […]

‘प्रधानमन्त्री एउटा छ, अर्थमन्त्री अर्को छ, केपी ओलीले पाँच अर्ब खाने भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सत्ता घटकले आफ्नो पार्टी निर्णय गर्ने ठाउँमा नभए पनि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्ब रुपैयाँ खान लागेको प्रचार गरेको आरोप लगाएका छन्। सेबोन अध्यक्ष नियुक्ती प्रक्रियामा ओलीले पाँच अर्ब खाने बाटो गर्यो । हाम्रो पार्टी सरकारमा भए पनि निर्णय गर्ने ठाउँमा थिएनौं। मंगलबारको पत्रकार सम्मेलनमा […]

८७ अर्बको उपदान तथा पेन्सन कोषमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको उपदान तथा पेन्सन कोषमा लगानी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ८७ अर्ब रुपैयाँमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । जसमा वाणिज्य बैंकमा रहेको ६९ करोड ६० लाख रुपैयाँ , विकास बैंकमा रहेको १३ करोड ५ […]

दाउन्ने सडक मंगलबार राति बन्द गरिने

काठमाडौं । दुईतर्फी सञ्चालनमा आएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक मंगलबार राति बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न बर्दघाट-दाउन्नेखण्डमा रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् । सडक आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म पूर्णरूपमा बन्द हुनेछ । बर्दघाट नगरपालिका-४ […]

बाढी, पहिरोमा हालसम्म २०५ जनाको मृत्यु

काठमाडौं । नेपाल प्रहरीका अनुसार अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परि सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी […]

यी हुन् २० वटा उच्च शेयर कारोबार गर्ने कम्पनी

काठमाडौं ।  निरन्तर घटेको शेयर बजार मंगलबार भने बढेको छ । मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको हो । मंगलबार ३०७ […]

शेयर बजारमा ११४ अंकको सुधार, करिब ४ अर्बले बढ्यो कारोबार

काठमाडौं ।  शेयर बजार मंगलबार  बढेको छ । मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको हो । मंगलबार ३०७ वटा कम्पनीको १ […]

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । संघको नयाँ अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सात सदस्यित कार्यसमितिको उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे निर्वाचित भएका छन् । सदस्यहरुमा सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।