सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर […]

दोलखाको लादुकमा अपर पाँचौं तामाकोशी जलविद्युत् आयोजना र स्थानीयबीच तनाव चुलिँदै, आन्दोलन जारी

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, लादुकस्थित सुरीटारमा निर्माणाधीन अपर पाँचौं तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीहरूमाथि दवाव सिर्जना गर्दै आएको स्थानीयको आरोप छ। आयोजनास्थल वरपरका बासिन्दाहरूले आयोजना पक्षबाट धम्की र डर त्रास दिने कार्य भइरहेको गुनासो गरेका छन्। बिगु गाउँपालिका–१, लामाबगरस्थित गोंगर बजारका क्रसर पीडित आन्दोलित स्थानीयहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजनाले आफूहरूका जायज मागलाई बेवास्ता […]

दराज नेपालद्वारा नयाँ अप्शन, ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी उपभोक्ताहरुका लागि सर्वोत्कृष्ट मूल्यका साथै विविध उत्पादनहरूका रेञ्ज उपलब्ध गराउने लक्ष्य

काठमाडौं । अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्शनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरुको न्यूनतम मूल्य रु. १३० देखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती […]

पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ५२० जनाले पाए शेयर

काठमाडौं । पियोर इनर्जीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म निष्कासन गरेको थियो। कुल ११ करोड ९५ […]

निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को प्राविधिक सहयोगमा श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा प्रभावकारी ज्याला नीति तर्जुमा र कार्यान्वयन सम्बन्धि कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् […]

बढ्यो सुनको मूल्य

काठमाडौं ।आज बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ४ सय १० रुपैयाँ तोकिएको […]

नेको इन्स्योरेन्सको ७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको वैशाख ११ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरिुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै उक्त बैठकले कर प्रयोजनाको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस […]

फाइनान्स कम्पनीहरुको नाफामा सुधार, आइसीएफसी सर्वाधिक नाफा कमाउने

काठमाडौं । पछिल्लो समय वित्त कम्पनीहरुको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा मुलुकमा सञ्चालनमा रहेका १५ वटा वित्त कम्पनीहरुको नाफा १७ करोड ४८ लाख पुगेको छ । गत वर्षको सोहि अवधिमा उक्त वित्त कम्पनीहरु १८ करोड १९ लाख घाटामा रहेका थिए । ती वित्त कम्पनीहरुलको सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको […]

पियोर इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । जसअनुसार १ लाख १९ हजार ५२० जनाले १०/१० कित्ता दरले शेयर प्राप्त गरेका छन् भने १७ लाख २७ हजार १४४ जनाकाे हात खाली भएकाे छ । कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ […]

आभोकाडो प्रतिकिलो रु ६५०, अन्य सागसब्जी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको […]