बीपी राजमार्ग क्षतविक्षत, सडक खुल्न कम्तिमा तीन दिन लाग्ने
काठमाडौं । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ । उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन […]

