नवनियुक्त राजदूतहरूद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमबिच राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन्। राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, […]

शून्य प्रतिशत व्याजदरमा सीएफमोटोको २५० एनके किन्न पाइने

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यु इयर, न्यु राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई शून्य प्रतिशत व्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्ने अवसर प्रदान गरेको छ । यस योजना मंगलबारदेखि सुरु भएर माघ १८ गतेसम्म लागू हुने जनाइएको छ । न्यूनतम […]

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी […]

महुली लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने, १७ लाख ३८ हजारको हाती खाली हुने 

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९अर्थात शुक्रवार एफपिओ बाँडफाँटको तयारी गरेको जनाएको हो । कम्पनीले पुस ५ गते देखि ९ गते सम्म ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासन गरेको थियो । जस अनुसार कम्पनीको एफपीओ ४७ […]

गुर्खाज फाइनान्सको सीईओमा प्रकाशचन्द्र अधिकारी

काठमाडौं । गुर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन्। यही पुस १४ मा बसेको सञ्चालक समिति बैठकले उनलाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो। अधिकारीले १८ गतेदेखि कार्यकाल सुरु गर्नेछन्।

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

यूनिक हाईडेड कम्पनीको वार्षिक साधारण सभा माघ ९ मा, आईपीओको प्रस्ताव पारित गर्ने

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले माघ ९ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित माघ ९ गते नवौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै सभाले त्यसको […]

राष्ट्रिय ढाका टोपी दिवस: नेपाली पहिचानको प्रतीकमा गौरव

काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२५ को पहिलो दिन ‘राष्ट्रिय ढाका टोपी दिवस’ मनाइँदैछ। आज नेपालभर राष्ट्रिय ढाका टोपी दिवस विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। नेपाली संस्कृति र परम्पराको एक अद्वितीय प्रतीकका रूपमा ढाका टोपीको महत्त्वलाई उजागर गर्दै यो दिवस प्रत्येक वर्ष पुस १७ गते मनाइने गरिन्छ। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा […]

कालीगण्डकी कोरिडोर: माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

म्याग्दी । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाख रुपैयाँमा […]

सुन बढ्यो चाँदी स्थिर

काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोला १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबारे भएको थियो । चाँदीको मूल्य भने […]