मनसुनी वायुको प्रभाव कायमै,मौसम मुख्यतया सफा रहने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ […]

आश्विन शुक्ल षष्ठी :  कात्यायनीे देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार […]

यस्तो छ विदेशी मुद्रा बिनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक […]

संस्थापक, शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक र शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने भएका छन् । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज (सोमबार) बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृति निर्देशन जारी गर्दै संस्थापक र शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाकोचुक्ता पुँजीको […]

सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ कायम गरेको छ । यस अघि उक्त प्रकारको प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको लागि संशोधित व्यवस्था अनुरुप उक्त व्यवस्था गरेको हो । […]

बाढी पहिरो पीडितलाई एभरेष्ट बैंककको ५० लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई […]

साफ महिला च्याम्पियनशिप फुटबल नेपालमा हुँदै, प्रतियोगिताको तयारी पूरा

काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेशको सहभागिता हुने बताइएको छ । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला […]

दशैं बिदा पछि राजस्व बुझाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंको दुई दिन अर्थात् असोज २९ र ३० गते बैंक तथा वित्तीय संस्थाहरु खुल्ने बताएको छ । राजस्व बुझाउन वर्षभरि नै खुला गर्ने भनिए पनि दसैंको अवसरमा भने दुई दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दुई दिन खुला गर्न भने पनि कार्यालय र शाखा कार्यालय पूर्णकालीन […]

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास […]

यी हुन् सर्वाधिक शेयर कारोबार हुने २० कम्पनी

काठमाडौं । साताको दुई दिन निरन्तर बढेको शेयर बजार साताको तेस्रो दिन आइपुग्दा भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५५ अंकले घटेर ४८०.२३ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबार ३०० वटा कम्पनीको १ करोड […]