ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रा.लि.का तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरे। उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक […]

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ महर्षी चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी […]

मुलुकभरका उद्योगका लागि ४९ खर्ब ३७ अर्ब लगानी स्वीकृत

काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा ४९ खर्ब रुपैयाँ भन्दा बढी लगानी स्वीकृत भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असारसम्म लगानी बोर्ड नेपाल, उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका उद्योगको ४९ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ बराबरको कुल लगानी स्वीकृत भएको छ । स्वीकृत कुल लगानीमध्ये उद्योग […]

निरन्तर घट्यो सेयर बजार, कारोबर रकम भने ४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजारको निरन्तर ओरोलो लाग्ने क्रम साताको अन्तिम दिन बिहीबार पनि कायमै रह्यो । मंगलबार ६.२२ , बुधबार ५.५८ अंकले घटेको सेयर बजार बिहीबार पनि घटेको हो । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घट्दा २ हजार ७७.७८ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२७ अंकले घटेर ३ […]

मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको […]

फाइनान्सहरुको खराब कर्जा १० प्रतिशत पुग्यो

काठमाडौं । राष्ट्र बैंकले फाइनान्सहरुको खराब कर्जा बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा फाइनान्सहरुको खराब कर्जा १०.४० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा ५ प्रतिशत भन्दा कम गर्न निर्देशन दिदै आएको छ तर बैंक तथा वित्तीय संस्थाले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन […]

अमेरिका निवासी तिमल्सिना दम्पतीले दुई विद्यार्थीलाई १२ कक्षासम्म छात्रवृत्ति प्रदान गरे

काठमाडौं । अमेरिका निवासी एक दम्पतीले दुइ विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने गरि छात्रवृत्ति प्रदान गरेका छन् । बारा जिल्लामा अवस्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा अध्ययनरत दुइ छात्राहरुलाई कक्षा १२ सम्म पढाउने गरि अमेरिका बस्दै आएका यम कुमार तिमल्सिना (कन्हैया) र उनकी पत्नी रुबी बस्ताकोटीले छात्रवृत्ति प्रदान गरेका हुन् । तिमल्सिना सोही विद्यालयका पूर्व विद्यार्थी […]

एक वर्षमा इन्टरनेट सेवा प्रदायकको ग्राहक २६ लाख थपिए, यी हुन् नेपालका शीर्ष २० आईएसपी

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट चलाउनेको संख्या वृद्धि भएको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० चैत मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार आईएसपीका ग्राहक १ करोड ४२ लाख ८० हजार १८५ पुगेको छ। प्राधिकरणको तथ्यांक अनुसार ३२ लाख ६७ हजार ७७७ स्थानमा आईएसपीहरुले सेवा प्रदान गरिएको छ। प्राधिकरणका अनुसार एक एउटा फिक्स्ड […]

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बिहीबारको लागि छापावाला र तेजावी सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ ।सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुन प्रतितोला १ […]

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन् । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुगेका मन्त्री भण्डारीले नेपाल सरकारको ठूलो लगानी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुधार गर्न कर्मचारीलाई निर्देशन दिएक हुन् । उनले […]