राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभाग बीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरे। उक्त सम्झौता भएपश्चात मुद्रण विभागमा कार्यरत तोकिएको […]

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन्। ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्या सम्बोधन हुनुपर्ने बताएका हुन्। उनले जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूको योगदान न्यून भए पनि त्यसको असर भयावह […]

जेठ भित्रमा पोल भाडा नतिरे टेलिकमले कोशीमा इन्टरनेट र केबल तार काट्ने

काठमाडौं । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, विराटनगरले भाडा नतिर आफ्नो पोल प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक र केबल टिभी अपरेटको तार हटाउने भएको छ। टेलिकमको विराटनगर निर्देशनालयले सूचना जारी गर्दै जेठ महिनामा भित्रमा पोलभाडा बापतको रकम नबुझाए असार १ गतेदेखि तार काट्न सुरु गर्ने चेतावनी दिएको छ। ‘कोशी प्रदेशभि पोलहरु प्रयोग गरेका सम्पूर्ण केबल टिभी […]

आज पनि घट्यो सुनको मुल्य, बढ्यो चाँदी

काठमाडौं ।बुधबार सुनको मुल्य घट्दा चाँदीको मुल्य भने बढेको छ । नेपाल सुन चाादी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबारका लागि सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ । यो सँगै महासंघले बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ […]

१० महिनामा २४ अर्बको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८०.८१ को पहिलो १० महिनामा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। वैशाख मसान्तसम्म १५ लाख २८ हजार ६४४ यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको वैदेशिक व्यापार तथ्यांकमा देखिन्छ। स्मार्टफोनको आयातबाट सरकारले ४ अर्ब ४७ करोड १३ लाम […]

महिला लघुबित्तको संस्थापक सेयर बिक्रिमा सर्बसाधारणले आबेदन गर्न पाउने

काठमाडौं । महिला लघुबित्त बित्तिय संस्थाको  १९९४७२ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको संस्थापक शेयर खरिद गर्न चाहने जो सुकै ब्यक्ति तथा संस्थाले २०८२ जेठ २३ गते भित्र नेपाल एसबिआइ मर्चेण्ट बैकिङ्ग लिमेटेट लेखनाथमार्ग, ठमेल, काठमाण्डौमा  आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई बोलकबोलमा शिलबन्दी खामभित्र आबेदन  माग गरेको छ  । सेयर […]

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद नेपालमा , २५ देशका विशेषज्ञ सहभागी

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘अन्तर्राष्ट्रिय संवाद’ हुँदैछ । भोलि सम्पन्न हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २५ देशका विशेषज्ञ सहभागी हुनेछन् । संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी […]

आज मेघगर्जन सहित आंशिक बर्षा हुने

काठमाडौं ।नेपाल मौसम पुर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ । कोशी ,मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको मौसमपुर्वानुमान महाशाखाले जनाएको छ । आज […]

डल्ले च्याउ सबैभन्दा मंहङ्गिदा यस्तो छ आजको तरकारीको मुल्य

काठमाडौं  कालीमाटी तरकारी बजारमा आज सबैभन्दा धेरै डल्ले च्याउको मुल्य  बढेको छ ।  आज बुधबार डल्ले च्याउ प्रतिकेजी ३०० रुपैँयामा कारोबार भएको थियो हिजोको मुल्यमा ८० रुपैया  अर्थात २६.६७ प्रतिसतले  बढेर डल्ले च्याउ प्रति किलोग्राम ३८०रुपैयाँ पुगेको छ। आज रुख कटहरको मुल्यपनि बढेको छ हिजो ६० रुपैँया प्रतिकेजी मा कारोबार भएको रुख कटहर आज १० […]

नेपालको ३५ मुलुकसँगको व्यापार नाफामा

काठमाडौं । पछिल्लो समय नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग छ । चालु आर्थिक वर्षको १० महिनामा डेनमार्कमा नेपालले ७० करोड ४४ लाख ८२ हजार रुपैयाँबराबरको निर्यात र ३१ करोड ८६ लाख ३४ हजार रुपैयाँबराबरको आयात गरेको छ । यसबाट ३८ करोड ५८ लाख ४९ हजार रुपैयाँबराबर व्यापार नाफा भएको […]