‘नाडा ईभी शो’ आयोजना नहुने

काठमाडौं । यसपाली नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले ‘नाडा ईभी शो’ आयोजना नगर्ने भएको छ । नाडाको बैशाख ९ मा बसेको बैठकले ईभी अटो शो आयोजना गर्ने निर्णय गर्दै मिति तय गर्न व्यवसायीसँग सर्वे गरेको थियो । तर, सर्वेका क्रममा व्यवसायीहरुले अहिले व्यवसाय खास नभएको अवस्थामा एकै वर्ष २ वटा अटो शो आयोजना गर्न नसकिने […]

श्रीराम चिनी मिल्सको समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । रौतहटस्थित श्रीराम चिनी मिलको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । बन्द अवस्थामा रहेको श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित भएको त्रिपक्षीय छलफलपछि ५ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा […]

हिम पर्वत हाइड्रोले आईपीओ निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभाबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुनेछ । सोही साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने […]

पहिलो त्रैमासमा साढे ४७ करोड घाटामा रहेको नेपाल पुनर्बिमा कम्पनीले दोस्रो त्रैमासमा नाफा बढायो

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)ले एक दिनको अन्तरालमा चालु आर्थिक वर्ष २०८०/८१ पहिलो र दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले वैशाख ९ गते पहिलो त्रैमास र वैशाख १० गते दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो। पहिलो त्रैमासमा कम्पनीको घाटा ४७ करोड ५६ लाख ८३ हजार रुपैयाँ रहेको थियो। तर दोस्रो […]

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि खनाल राष्ट्रिय वाणिज्य बैंकमै निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिको बैठकले जेठ […]

नेपालको अर्थतन्त्रमा प्रादेशिक योगदान, यस्तो छ अनुमान

काठमाडौं । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम योगदान देखिएको छ । देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले  सार्वजनिक गरेको आर्थिक वर्ष २०८०\८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान […]

घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मुल्य आज प्रतितोला १८ सय रुपैयाँ घटेको छ । बुधबार अघिल्लो दिनको मुल्यमा  १०० रुपैयाँ घटेको सुनको मुल्य आज भारी गिरावट आएको छ । बिहीबार छापावाला सुनको मुल्य १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मुल्य १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । […]

सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको लगानी

काठमाडौं । ललितपुरको दक्षिणि क्षेत्र  र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण हुने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको अगुवाईमा सहवित्तियकरणमा लगानी हुने  भएको छ । सो सम्बन्धमा सुपर बागमती हाइड्रोपावर र बैङ्कको बीचमा सम्प भएको छ । आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय […]

संसद सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सङ्घीय संसद सचिवालयलाई प्राथमिकता दिने बताएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधवार सिंहदरबारमा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा सभामुख घिमिरेले सङ्घीय संसद सचिवालयको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष […]

बुद्ध भुमि नेपाल हाइड्रोपावरका कम्पनी सचिव तथा वित्त प्रमुखको राजिनामा

काठमाडौं । बुद्ध भुमि नेपाल हाइड्रोपावरका कम्पनी सचिव तथा वित्त प्रमुखले राजिनामा दिएका छन्। कम्पनीको सुरुवाती अवस्थादेखि कम्पनीको वित्त तथा लेखा प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका अधिवक्ता शुक्रराज डंगोलले कार्य व्यस्तातका कारण राजिनामा दिएको जनाइएको छ।