चितवन ३ मा रेणु दाहालको एकल सिफासिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल चितवन क्षेत्र नं. ३ बाट आगामी  फागुन २१ मा हुने भनिएको प्निरतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएकी छन्  । नेपाली कम्युनिष्ट पार्टी  चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । क्षेत्रले गरेको  सिफारिस जिल्ला […]

प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जनको लागि अघि बढाएका छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएकी छिन् । बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको बताइन्। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च […]

जबसम्म रवि र मेयर दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन : सुदन गुरु

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ। छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो । भित्र दुई रवि र बालेन शाहबिच छलफल चलिरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङ रहेका छन् । उनले आफू सहमतिका लागि दबाब […]

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं ।  एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल  नियुक्त भएका छन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले उनलाई  उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले बिहीबार नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् ।  बैंकको अध्यक्ष जस्तो […]

बैंकिङ कसुरका फरार कसुरदार घलान पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार रहेको व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका थियो । पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु […]

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले भोलि अर्थात शुक्रबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै भोलि दिउँसो नौ बजेदेखि १०ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न […]

‘घर निर्माण फेस्ट २०८२’  हुँदै , विश्व कीर्तिमानी इटाको प्रदर्शनसँगै २ अर्बको कारोबार गरिने

काठमाडौं । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन जिन जोडते उद्देश्यका साथ ‘घर निर्माण फेस्ट २०८२’ आयोजना गरिने भएको छ । काठमाडौं भृकुटीमण्डपमा पुस १२ देखि सञ्चालन हुने आयोजनामा घर निर्माण फाउन्डेशनको आयोजनामा हुन लागेको यस फेस्टले घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि लिएर निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा […]

कृषि र पर्यटन जोड्ने ‘सुन्तला–हाइकिङ’ काभ्रेपलाञ्चोकमा पुनः सुरु

काभ्रे । काभ्रेपलाञ्चोकमा कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको छ । सुन्तलाखेतीको प्रचुर सम्भावना रहेको काभ्रेपलाञ्चोकमा एग्रोटुरिजम प्रवद्र्धन गर्ने प्रयासस्वरूप कार्यक्रम पुनः सञ्चालन गरिएको हो । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजनामा तथा धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो । […]

कुलमानसँग छलफल गरे बालेनले

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे अलग्गै छलफल गरेका छन् । बिहीबार बिहान उनले कुलमानसँग छलफल गरेको स्रोतले बतायो । छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ । सोही छलफलपछि बालेनले ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका […]

पोखरा-जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा(जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए । प्रमुख […]