पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ । उक्त सम्झौता कार्यान्वयनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ । आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक […]

एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने

काठमाडौं । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिइएको छ। डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र […]

लगानीकर्ता, उपभोक्ता र सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताएका छन् । विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको […]

डोलेश्वर भिलेज रिसोर्टको ११औँ साधारणसभा सम्पन्न, ३० प्रतिशत आईपीओ निष्कासनको तयारी

काठमाडौं ।  डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित रिसोर्टको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाले कम्पनीको जारी पुँजीको ३० प्रतिशत अर्थात् १६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदनसमेत दिइसकेको जनाएको छ। […]

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो। भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले […]

नेप्से र कारोबार रकम दुबै सामान्य बढ्याे

काठमाडौं । विहीबार  नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम १ अर्ब ८२ करोड रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम […]

पूँजीबजार सुधारका लागि लगानीकर्ताद्वारा सेबोनमा ६ बुँदे सुझाव पत्र पेस

काठमाडौं । नेपालको पूँजीबजारलाई दिगो, पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउनका लागि लगानीकर्ताहरुले  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ६ बुँदे नीतिगत सुझाव पत्र पेस गरेका छन्। नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष एस.पी. चौलागाई र सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलद्वारा संयुक्त रूपमा हस्ताक्षरित उक्त ज्ञापनपत्र बोर्ड अध्यक्षसमक्ष बुझाइएको […]

विद्यादेवी भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन् ।  बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन् । असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।  भण्डारीले वरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि […]

राष्ट्रपति पौडेलको सन्देश: अर्थतन्त्र उकास्न सरकार–निजी क्षेत्र सहकार्य बलियो बनाऊ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास, औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारी तथा सदस्यहरूसँग बिहीबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले निजी क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै लगानी, उत्पादन, रोजगारी र […]

ऊर्जामा आधारित अर्थतन्त्र निर्माणमा मन्त्री श्रेष्ठको जोड, आयोगले बुझायो प्रतिवेदन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका  छन् । विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति […]