जनकपुरलाई १९ रनले हराउँदै कर्णालीको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै समेटियो। जनकपुरका लागि अभिषेक तिवारीले १७ बलमा सर्वाधिक २० रन बनाए। यस्तै मोइन […]

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । सहायक प्रमुख […]

तीन वर्षको युद्धपछि नेतान्याहूको राजनीतिक भविष्य तय गर्न मतदान

काठमाडौं । इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने निर्वाचनमा मतदाताहरूले मङ्गलबार मतदान गरिरहेका छन्। इजरायलको नेतृत्व कसले गर्ने र देशको सुरक्षा कसले सुनिश्चित गर्न सक्छ भन्ने विषयमा मतदाताहरू विभाजित छन्। नेतान्याहूलाई सत्ताबाट हटाउन चाहने विभिन्न दलले चुनौती दिएका छन्। […]

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापार तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता माग गरेको छ । इप्पानले मंगलबार विज्ञप्ति जारी गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई सैद्धान्तिक सहमतिका रूपमा आशयपत्र माग गरेको निर्णयप्रति औपचारिक धारणा सार्वजनिक गर्दै यस्तो माग […]

एक्स्ट्रिमले बढाउँदै छ खेलाडीको आत्मबल, उत्कृष्टलाई चाँदीको बल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ। खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो। आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। ती […]

एनपीएल : कर्णालीद्वारा जनकपुरलाई १३३ रनको लक्ष्य

काठमाडौं । एनपीएलको  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२  रन बनायो । जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे । जनकपुरका लागि कप्तान हर्मित सिंहले […]

मनाङ मर्स्याङ्दी हाइड्रोपावरले माग्यो ३ पदका लागि कर्मचारी

काठमाडौं । मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्टका लागि १ जना, डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ प्लानिङ एन्ड कन्ट्रयाक्टका लागि १ जना र डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ इलेक्ट्रोमेकानिकल एन्ड मेट्रियल म्यानेजमेन्टका लागि १ जना कर्मचारी माग गरेको हो । चिनियाँ र अंग्रेजी भाषमा पोख्तलाई विशेष प्राथमिकता दिइने […]

दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ। दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन्। प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार […]

व्यावसायिक केरा खेतीः ११ लाख आम्दानी

स्याङ्जा । प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका पङ्गेनीले आफ्नै थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् । एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा […]

कात्तिक १२ देखि १४ सम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सरकारले यही कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त अवधिभर पदयात्रा रोक्न अनुरोध गरेको जनाएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको […]