निर्वाचन आउन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौं । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु २६, […]

आजको माैसमा : पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ? 

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले यही फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।बिहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अंिकत […]

आहा रारा पोखरा गोल्डकपको उपाधि सहारालाई

कास्की । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ। पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो। च्याम्पियन बनेको सहाराले ट्रफीसहित १४ लाख एक हजार पुरस्कार पाउँदा उपविजेता जावलाखेलले सात लाख एक […]

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो

मुस्ताङ । चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो । मुक्तिनाथमा फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी […]

बाघ गणनामा राखिएका ६० क्यामेरा हराए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताए । गत पुस ३ […]

सिरहामा स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

सिरहा। सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । औरही गाउँपालिका-५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका […]

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ ।  यहाँ हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिए । उनले भने,“भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ […]