‘सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै’

काठमाडाैँ । सुख्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) काअनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन् । जसमध्ये अधिकांश आगलागीका छन् । यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राधिकरणकाअनुसार […]

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन् । उनले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिन् । उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा […]

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। गौर नगरपालिका-६, सनगढा गाउँमा दुई समुदायबिचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। रौतहट जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि लागु कर्फ्यु अर्को आदेश नआउँदासम्म जारी रहनेछ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार यस अवधिमा गौर […]

सन नेपाल लाइफद्वारा बालाजु प्रहरी परिसर भवन निर्माणमा सहयोग

काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ । एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइँ र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा १० लाख रुपैयाँ बराबरको […]

वैदेशिक रोजगारीमा जानेको संख्या दुई प्रतिशतले बढ्यो, सात लाख ७२ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । पछिल्लो सात महिनामा करिब एक सय छवटा मुलुकमा कामका लागि जान मासिकरूपमा करिब ५५ देखि ६५ हजार युवाहरूले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार ७ महिनामा वैदेशिक रोजगारीमा जान चार लाख ७२ हजार छ सय ७३ जना युवाले श्रमस्वीकृति लिएका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २५ […]

बीमितको घरमै गएर रिलायबल नेपाल लाइफले दियो दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखा कार्यालयमा बीमा गराएका बीमित अमर बहादुर एडी क्षेत्रीको मृत्यु भएपछि शाखा कार्यालयले बीमितको परिवारलाई घरमै गएर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। मृतक क्षेत्रीले कम्पनीको अत्तरियास्थित शाखा कार्यालयबाट ३ लाख ५० हजार रुपैयाँ बीमाङ्कको ‘सुलभ जीवन बीमा’ योजना खरीद गरेका थिए। उनले दुई किस्ता रकम मात्र […]

आईपीओ निष्काशनको अनुमति माग्दै संयुक्त उर्जाले दियो सेबोनमा निवेदन

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। कम्पनीले फागुन ५ गते सेबोनमा निवेदन दिएको हो। कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड […]

काठमाडौंको न्यूनतम तापक्रम: १२ डिग्रीबाट ७.५ मा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २४ घण्टामै ४.५ डिग्री सेल्सियस घटेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको विवरणअनुसार शुक्रबार (हिजो) १२ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार आज ७.५ डिग्री सेल्सियसमा झरेको हो। मौसमविद्का अनुसार मौसम बदली भई राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश सफा रहँदा घट्छ। फेरि अधिकतम […]

सात महिनामा पौने १४ अर्ब बढीको विद्युतीय सवारी भित्रियो

काठमाडौं ।नेपालमा चालू आर्थिक वर्षको ७  महिना साउनदेखि माघसम्म झण्डै १४ अर्बका विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार १३ अर्ब ८५ करोड १ लाख ३० हजार रुपैयाँबराबरका ५ हजार ८ सय ९६ वटा ईभी कार, जिप र भ्यान आयात भएको हो। यसबाट सरकारले […]

एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ

काठमाडौं ।नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे टाेलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेकाे हाे । बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव […]