दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नः सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। आज सञ्चार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उनले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेको उल्लेख गर्दै सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा […]

नेपाल टेलिकमको पोस्टपेड सिम नामसारीको आवश्यक सम्पूर्ण विवरण अब अनलाइनबाटै

काठमाडौं । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सकिने भएको छ । कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनु पर्नेछ । […]

७.३७ अंकले घट्यो नेप्से,कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक ७.३७ अंक घटेर २६४३.८३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ। यस दिन ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारमा ४ अर्ब २७ करोड […]

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

काठमाडौं । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि रुकुमपूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार यही साउन २८ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । जल तथा मौसम […]

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, संस्थागत परामर्शकर्ता रुपमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाडौं ।  कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन (IPO) गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services सम्बन्धी सम्झौता गरेको छ । कम्पनीले आफ्नो संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप […]

सिटिजन्स लाइफको नाफा १०७ प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १०७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा कम्पनीले ३९ करोड ८ लाख नाफा कमाएको छ । जुन अघिल्लो आव २०८१/ ८२को तुलनामा १०६.६६ प्रतिशतले बढी हो । अघिल्लो आव २०८१/८२ मा कम्पनीले १८ करोड ९१ लाख नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी बढेसँगै नाफा बढेको […]

प्रभु बैंक र ससःत्वा हस्पिटालिटी सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंक र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससःत्वा हस्पिटालिटी प्रालिबी ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन तथा कीर्तिपुर  शाखा प्रमुख रश्मि  महर्जन  र ससःत्वा हस्पिटालिटीका बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल एवं सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्तक्षार गरेका थिए। सम्झौतापछि बैंकका ग्राहकले ससःत्वा हस्पिटालिटीका […]

सन नेपाल लाइफ इन्सुरेन्सद्वारा एडिएम तथा सन इमर्जिङ क्लब अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूको प्रमुख आतिथ्यता तथा Chief Marketing Officer श्री गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम […]

धौलागिरी लघुवित्त डीसीईओमा जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ) मा मिनप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।

हिमालयन बैंकको नाफा १०४१% ले बढेर १ अर्ब ४८ करोड

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको बैंकको खुद नाफा यस वर्ष […]