अमेरिकाले बंगलादेशसँगको टी-२० सिरिज जित्यो

काठमाडौं ।  एसोसियट राष्ट्र अमेरिकाले टेस्ट मान्यता प्राप्त बंगलादेशसँगको टी–२० सिरिज जितेको छ। गएराति भएको खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले हरायो । विश्वकप क्रिकेटअघि खेलिएको तीन खेलको टी–२० सिरिजमा लगातार दुई खेल जित्दै अमेरिकाले सिरिज आफ्नो बनाएको हो। अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा […]

प्रधानमन्त्रीको इच्छा अनुरुप बजेट परिवर्तन हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बजेटको आकार बढाउन चाहे सँगै बजेट सँग सम्वन्धित पक्षहरु उक्त काममा लागेका छन्। प्रधानमन्त्री दाहालको ठूलो आकारको बजेटलाई अर्थ मन्त्री वर्षमान पुनले रुजु गरी अघि बढी सकेका छन्। अर्कोतर्फ राष्ट्रिय योजना आयोगले समेत प्रधानमन्त्रीको इच्छा बमोजिम बजेटको आकार बढाउने विषयमा सहमति प्रदान गरिसकेको छ । तर समय कम […]

महासंघका अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई जोड दिएका छन्। चन्द्रागिरि, काठमाडौंमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा बोल्दै ढकालले नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए। ढकालले प्रतिकूलता […]

थाई एयरवेजको सेवा नेपालमा पुनःसुरु

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका […]

सान्भी अटो लिङ्कको नयाँ बानेश्वरमा टीभीएसको शोरुम सञ्चालनमा

काठमाडौं । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ। जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका हुन्। व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू […]

‘हात हातमा मोबाइल घरघरमा इन्टरनेट’ भन्ने नारा कसैले नपत्याए पनि अहिले प्रविधि एआईसम्म पुग्यो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले पूर्वाधारमा बिस्तारै फड्को मार्न थालेको बताएकी छिन्। गणतन्त्र स्थापनाको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले काठमाडौँको भद्रकालीमा ‘गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्र स्थापना भएको १५ वर्षमा ठुला पूर्वाधार विकास निर्माण भएकाले निक्कै धेरै काम भएको […]

बैंक तथा फाइनान्सको सीएसआरमा करिब २ अर्ब खर्च

काठमाडौं । बैंक तथा फाइनान्सले सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षकमा करिब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले करिब २ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । बैंक तथा फाइनान्सले आर्थिक वर्ष २०७९/८० मा ९४ करोड २३ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ […]

नेपालकै अग्रणी २ पांग्रे ब्राण्ड बन्ने योजना सहित, सीएफ मोटो र जीहो ईभीको बुकिङ तथा टेष्ट ड्राइभ सुरु

काठमाडौं । सीएफ मोटो र जीहो ब्रान्डका नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्ना मोटरसाइकल तथा इलेक्ट्रिक स्कुटरमा टेष्ट ड्राइभ र बुकिङ सुरु गरेको छ। कम्पनीले सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० र जीहोको एई६ एलआर (डबल ब्याट्री र सिटी स्पोर्टस् मोडलको बुकिङ्ग तथा टेष्ट ड्राइभ सुरु गरेको जानकारी […]

बोटलर्स नेपालले कमायो २६ करोड नाफा

काठमाडौं ।  बोटलर्स नेपाल (तराई) ले २६ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सो अवधिमा २६ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा कमाएको बताएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.५८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको […]

उत्पादक कम्पनी स्मार्ट डोर्सको आईपीओ आउँदै

काठमाडौं । उत्पादक तथा वितरक कम्पनी स्मार्ट डोर्सले आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासनका बिक्री प्रबन्धक नियुक्ती गर्नुका साथै धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीका सञ्चालक प्रबन्धक दीपेन्द्र अग्रवालले बताए। आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ। गत पुसमै धितो पत्र बोर्डमा आवेदन दर्ता गराइसकेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित […]