नवनियुक्त प्रधानमन्त्री कार्कीलाई इन्सेकको ६ बुँदे सुझाव

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित वक्तव्यमा अब गठन हुने मन्त्रिपरिषद्ले लोकतन्त्र र कानुनको शासनलाई अझ उन्नत बनाएर जीवन उत्सर्ग गर्ने नवयुवाले देखाएको पथमा देशलाई अघि बढाउनेछ भन्ने विश्वास व्यक्त गरिएको छ । देशव्यापी भएका प्रदर्शन […]

मेयर गोपाल हमालको माग : एक हप्ताभित्र भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी जेल हाल्नुहोस्

धनगढी । धनगढीका उपमहानगरपालिकाका मेयर गोपाल हमालले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन्। उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री दुवै बनेर इतिहास रचेकोमा प्रशंसा गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत हमालले नयाँ सरकारसमक्ष केही महत्त्वपूर्ण मागहरू राखेका छन्। उनको मुख्य जोड भ्रष्टाचार नियन्त्रणमा रहेको छ । […]

आत्मालोचना गर्दै विश्वप्रकाशले भने, ‘तीन ठूला दलका शीर्ष नेताहरूले संन्यास लिएर अभिभावक बन्नुपर्ने सुझाव दिए सहमत गराउन सकिनँ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले प्रतिकूल राजनीतिक परिस्थितिका बिच नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको भन्दै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यद्यपि, उनले यो प्रक्रियाले केही गम्भीर संवैधानिक प्रश्नहरू खडा गरेको बताएका हुन्। भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दै शर्माले ‘डक्ट्रिन अफ नेसेसिटी’ (आवश्यकताको सिद्धान्त) लाई संविधानको प्रक्रियाभित्र ल्याउन सकिने […]

सम्पत्ति छानबिन गरी  अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गरौँ : श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु आजको मूल मुद्दा हुनुपर्ने बताएका छन् । विभिन्न चार माग अघि सार्दै उनले पहिलो बुँदामै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनले भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल […]

सुमना श्रेष्ठ अन्तरिम सरकारमा मन्त्री नबन्ने, बाहिरबाटै सहयोग गर्ने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठले नेपालको नवनियुक्त अन्तरिम मन्त्रीमण्डलमा आफू सहभागी नहुने स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले पदमा नरही सरकारलाई पूर्ण समर्थन गर्ने बताएकी हुन्। श्रेष्ठले आफ्नो पोस्टमा लेखेकी छन्, ‘म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन। मेरो यस सरकारप्रति पूर्ण समर्थन छ।’ उनले यो सरकारलाई असफल हुने […]

संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगे : नेता शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म समीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्– ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि […]

काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु हट्यो

काठमाडौं । जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ । महत्त्वपूर्ण स्थानमा विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको बताएको छ ।

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका […]

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति […]

सर्वोच्च अदालतद्वारा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी (सूचनासहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका क्रममा लुटपाट गरिएका सामाग्री फिर्ता गर्न सर्वोच्च अदालतले सूचना जारी गरेको छ। अदालतको अभिलेख शाखाबाट महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू नष्ट भएका छन् भने कम्प्युटर, ल्याप्टप, प्रिन्टर, मोटरसाइकल, साइकल टेलिभिजनलगायतका सामग्रीहरू चोरी भएका छन्। अदालतको प्रशासन शाखाका अनुसार, दराज र घर्राहरू तोडफोड गरी कम्प्युटर र टेलिभिजनहरू चोरिएको पाइएको […]