मानवअधिकार तथा शान्ति समाजद्वारा ‘सद्भाव एकता अभियान’ सुरु, विभिन्न जिल्लामा एकता र्याली
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सद्भाव एकता अभियान’ सुरु गरेको छ। अभियानको पहिलो चरणअन्तर्गत विभिन्न जिल्लामा एकता र्याली तथा नागरिक सहभागितामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको समाजले जनाएको छ। अभियानअन्तर्गत शनिबार बिहान शान्ति समाज सुर्खेत शाखाको आयोजनामा वीरेन्द्रनगरमा एकता र्याली सम्पन्न भएको छ। ‘हाम्रो जीवनधारा अहिंसा, […]

