११ वर्षमा साढे ४ खर्बको वैदेशिक लगानी प्रतिवद्धता,१ खर्ब ३८ अर्ब मात्र भित्रियो

काठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानीको प्रतिबद्धता उच्च देखिए तापनि वास्तविक रूपमा भित्रिने लगानीमा भने निकै ठूलो अन्तर देखिँदै आएको छ। विगत ११ आर्थिक वर्ष (आव २०७२/७३ देखि चालू आव २०८२/८३ को जेठ मसान्तसम्म) को तथ्याङ्क हेर्दा नेपालले कुल ४ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ, तर सोही […]

वीरगञ्जमा पुनः निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ । शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस […]

वीरगञ्ज नाकाबाटको  २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात

काठमाडौं । वीरगञ्ज  नाका हुँदै  गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातका लागि २ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ। वीरगञ्ज भन्सार कार्यालयको वार्षिक तथ्यांकले नेपालको ऊर्जा आवश्यकता अझै आयातित इन्धनमै निर्भर रहेको देखाएको छ। तथ्यांकअनुसार सबैभन्दा बढी रकम डिजेल आयातमा खर्च भएको छ। गत आर्थिक वर्षमा १ खर्ब ३२ अर्ब […]

सरकार नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव बनाउन निरन्तर लागेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले […]

सिद्धार्थ थापा साधारण तारेखमा रिहा

काठमाडौं । राहदानी छपाइको ठेक्का प्रकरणमा जोडिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। उनी जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन्।

साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार

काठमाडौं । नेपाली समाजमा वर्षायामको थकान मेट्न र पोषिलो परिकारमार्फत ऊर्जा प्राप्त गर्न आज हर्षोल्लासका साथ ‘साउन १५’ अर्थात् खीर खाने दिन मनाइँदैछ। पहाडदेखि तराईसम्म र गाउँदेखि सहरसम्मका घरपरिवारमा आज दूध, चामल, घिउ र विभिन्न मरमसला मिसाएर बनाइएको स्वादिलो खीर पाकिरहेको छ। सरकारले २०७७ सालदेखि यस दिनलाई ‘राष्ट्रिय खीर दिवस’ को रूपमा मान्यता दिएसँगै यसको […]

राष्ट्रियसभा आकस्मिक समय : सामाजिक सद्भाव कायम गर्न सांसदहरूको अपिल

काठमाडौं । राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गरेका छन् । सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको घटनाले धार्मिक द्वन्द्वले समाजको सद्भाव बिथोल्ने हुँदा देश एकतामा सबैले हातेमालो गर्नुपर्ने बताए । उनले सरकारले तत्काल सुनसरीको घटनाको समाधान खोज्नसमेत आग्रह गरे । सांसद पूजा चौधरीले देशमा हिन्दू, […]

नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय

काठमाडौं । परराष्ट्र मन्त्रालय  मन्त्रालयले ब्रोड पिक (Mt. Broad Peak) हिमालमा हिमपहिरो गएको खबरपछि परिस्थितिलाई नजिकबाट नियालिरहेको छ। हाम्रो इस्लामाबादस्थित दूतावासले प्रभावित सम्पूर्ण पर्वतारोहीहरूको शीघ्र र सुरक्षित उद्धारमा सहयोग पुर्‍याउन अल्पाईन क्लब अफ पाकिस्तान (ACP) लगायत पाकिस्तानका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ। पाकिस्तानी अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। इस्लामाबादस्थित […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमती […]

१२.९६ अंकले बढ्यो नेप्से,कारोबार रकममा पनि वृद्धि

काठमाडौं । नेप्से परिसूचक १२.९६ बढेर २६८५.५४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३७ वटा कम्पनीको ८८ लाख ५१ हजार २१६ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम ३७ करोड ८१ लाख रुपैयाँले  घटेको हो  । विहिबार कारोबार रकम ३ अर्ब ३८ […]