नेप्से घट्यो कारोबार बढ्यो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२१ अंकले घटेर ४६२.२९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.२२ अंकले र सेन्सेटिभ इन्डेक्स १.८६ अंकले घटेको हो । […]

नयाँ बानेश्वर प्रदर्शनमा ९ जनाको मृत्यु, १२३ घाइते (अपडेट)

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या नौ पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा १४ जना घाइते पुगेका […]

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो । यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी […]

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरियो (तस्बिरहरु)

काठमाडौं । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ […]

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि […]

पोखरामा पनि लाग्यो कर्फ्यु

पोखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन् ।

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । अस्पतालमा दर्जनौं घाइते भर्ना भएका छन् । घाइतेको […]

आन्दोलनकारीले संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत […]

संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समिति बैठक छाडेर बाहिरिए गृहमन्त्री रमेश लेखक

काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिरिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए । सोमबारको समिति बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो । गृहमन्त्री लेखकसँगै गृहसचिव पनि बैठक छाडेर बाहिरिएका छन् । संसद् भवनभित्र जेनजी छिरेपछि […]