विश्वमा बढ्यो विदेशी लगानी, पुग्यो १५ खर्ब अमेरिकी डलर बढी

काठमाडौं । विश्वमा विदेशी लगानी रकम बढेको छ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता सर्वेक्षण २०२३/२४’ सार्वजनिक गर्दै सन् २०२४ मा विश्वमा प्रत्यक्ष वैदेशिक लगानी १५ खर्ब ८ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्ष भन्दा ३.७ प्रतिशतले बढी हो । सन् २०२३ मा उक्त लगानी १४ खर्ब ५५ अर्ब अमेरिकी […]

राष्ट्रपति, प्रधानमन्त्री निवासलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।  

कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो

काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई रबरको गोली लागेको छ। बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।

तेल बजारमा सुधारको संकेत, ‘ओपेक प्लस’ले उत्पादन बढाउने

भिएना । खाडी मुलुकहरूको पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको सङ्गठन र त्यसका सहयात्री मुलुकहरूको समूह (ओपेक प्लस) ले आइतबार एक भर्चुअल बैठक गरी आउँदो अक्टोबर महिनाबाट दैनिक एक लाख ३७ हजार ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्ने निर्णय गरेका छन् । साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब राष्ट्र, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानजस्ता आठ देशहरूले विश्व […]

बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन ः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले भने, “स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म […]

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

संसद् भवनभित्र छिरे जेन-जी

काठमाडौं । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।

आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको वर्णवास म्युजियमको आम्दानी ३ गुणा बढ्यो

काठमाडौं । आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको वर्णवास म्युजियम होटल लिमिटेडले गत वर्ष (सन् २०२५) मा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२४ को भन्दा ३ गुणा बढी हो । सन् २०२३ मा यस कम्पनीले ९० लाख आम्दानी गरेको थियो । कम्पनीले ९६ करोड ८२ लाख कर्जाका लागि रेटिङ गराएको छ […]

सुनचाँदीको भाउ घट्यो, सोमबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको मूल्य सोमबार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ४०० रुपैयाँले घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको थियो । त्यसैगरी, चाँदीको भाउ यसदिन २५ रुपैयाँले घटेर २ हजार ४७५ कायम भएको छ […]

ओरियन्टल होटल्सले हकप्रद सेयर जारी गर्ने, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समिति बैठकले २६.६३ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । होटल्सले उक्त प्रस्ताव पेश गर्न असोज ३१ गते साधारण सभा बोलाएको छ । सभा  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा दिउँसो ११ बजे सुरु हुनेछ । […]