गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा राष्ट्रिय महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध

काठमाडौं ।  नेपालमा ४० वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र पोखरामा ‘रिडिफाइन इयोरस लिमिटस’  (Redefine Your Limits) नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । यस भव्य कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा नेपाल ल्युब आयल […]

सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष नियुक्त

काठमाडौं । सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकले  उनलाई  अध्यक्ष नियुक्त गरेको हो । पौडेल यसअघि नेपाल आयल निगम र उदयपुर सिमेन्टको महाप्रबन्धकको जम्मेवारी सम्हाली सकेका छन् ।

 सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा छलफल गर्दै कांग्रेस

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा […]

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ […]

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

आज राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने 

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास पूरै ढाकिने चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ […]

४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन :महासचिव पोखर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड […]

मुसिकोटमा मकैको पिठो ब्राण्डिङ सुरु

काठमाडौं ।जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको रु ७३ लाख तथा साना किसान सहकारी संस्थाको रु १६ लाख ५० हजार गरी करिब […]

शाही अनुमोदनपछि थाई टाइकुन अनुतिन चार्नविराकुलद्वारा प्रधानमन्त्रीको पदभार ग्रहण

बैङ्कक। थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन् । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ । “महामहिम राजाले अबदेखि अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ”, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही […]

बीमा प्राधिकरण सञ्चालक समिति अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन परेको छ । प्राधिकरणले अध्यक्ष पदका लागि आह्वान गरेको सात दिनको म्यादभित्र १४ जनाको आवेदन परेको हो । अर्थ मन्त्रालयका अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौंका विष्णुबाबु मिश्र, काठमाडौंका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा. दामोदर बसौला, काठमाडौंका चिन्तामणी शिवाकोटी, काठमाडौंका डा राजेन्द्र […]