हाइड्रोपावरमा ‘लक इन’ अवधि सकिनु अघि हकप्रद घोषणा गर्ने प्रवृत्ति बढ्यो, बजारमा नयाँ ट्रेन्डको संकेत हो ?

काठमाडौं । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुमा लकइन अवधि समाप्त हुनुअघि नै बम्पर लाभांश र हकप्रद सेयर घोषणा गर्ने प्रवृत्ति तीव्र रुपमा बढ्दै गएको देखिएको छ । हालसालै लकइन अवधि सकिएका वा सकिन लागेका अधिकांश हाइड्रोपावर कम्पनीहरुले एकपछि अर्को गर्दै हकप्रद सेयर जारी गर्ने निर्णय सार्वजनिक गरेका छन् । बुधबार मात्रै सुपरमाई हाइड्रोपावरले २१.११ प्रतिशत लाभांश […]

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकि  छिइन । आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनिले तत्काल रु १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बिमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुनसक्ने भन्दै चिन्ता व्यक्त […]

गरिमा क्यापिटललाई गरिमा सुवर्ण योजनाको इकाई बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरिमा सुवर्ण योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले १० रुपैयाँ अंकित दरले १० करोड इकाई बिक्री गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । यो म्युचुअल फण्ड खुलामुखी योजना अन्तर्गत पर्छ ।

प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत महामहिम रुवान्थी डेल्पिटियाले बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेकी छिन् । सो अवसरमा आपसी द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो। भेटका क्रममा सम्माननीय प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

तनहुँमा थपिए ३ सय ३५ नयाँ उद्योग

तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् । उक्त अवधिमा ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, ‘उद्योगतर्फ एक […]

कामना सेवा विकास बैंकले निष्कासन गरेको अग्राधिकार सेयरको बाँडफाँड सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको “ KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” को बाँडफाँड आज २०८२ माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको छ । ३५ करोड रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रुपमा १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको […]

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

मोदीद्वारा अमेरिकी व्यापार सम्झौताको स्वागत, विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गरेका छन् । तर विपक्षी सांसदहरूले कृषि र संवेदनशील क्षेत्रमा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतमा रुसी तेल खरिद घटाउने वा रोक्ने सर्तमा आयात शुल्क घटाउने योजना घोषणा गरेका हुन् । यसअनुसार भारतले अमेरिकी सामानमा […]

बैंकिङ कसुर मुद्धाका फरार गुप्ता पक्राउ

काठमाडौं ।बैंकिङ कसुर मुद्धाका फरार अनिल कुमार गुप्ता पक्राउ परेका छन् ।  बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय  गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार […]