सरकारले ट्रेजरी बिलमार्फत १८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ६० करोडको ट्रेजरी बिल मार्फत आन्तरिक ऋण उठाउन लागेको  छ ।  कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ६० करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । […]

नेप्सेका सीईओ चूडामणिले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनले आज असार २२ गते सोमबार आफ्नो राजीनामा अर्थमन्त्री डा, स्वर्णिम वाग्लेलाई बुझाएको चापागाईंले इक्विटी नेपाललाई  बताए । उनले कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा दिएका हुन ।  चापागाईं २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ नियुक्त भएका […]

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी आक्रमण

काठमाडौं । टर्कीमा हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । राजधानी किएभ र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको सङ्केत दिएको छ । किएभ क्षेत्रीय सैन्य प्रशासनका […]

कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल

काठमाडौं । धानबालीको उत्पादनले मात्रै देशको कूल गार्हस्थ्य उत्पादनमा करिब रु दुई खर्ब बराबरको योगदान गरेको छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा समग्र कृषि क्षेत्रले करिब २३ प्रतिशत हाराहारीमा योगदान गरेको हो । कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धानखेतीमा आबद्ध रहेका छन् । […]

इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त

काठमाडौं । इरानका सर्वोच्च नेता मोजताबा खामेनीले घोलामहोस्सेन मोहसेनी–एजेईलाई दोस्रो पाँचवर्षे कार्यकालका लागि न्यायपालिका प्रमुखमा पुनः नियुक्त गरेका छन् । आइतबार इरानी सञ्चारमाध्यममा प्रकाशित आदेशमा सर्वोच्च नेता खामेनीले मोहसेनी–एजेईले पहिलो कार्यकालमा न्यायपालिकाको नेतृत्व गर्दै गरेको योगदानको प्रशंसा गरेका छन् । उनले आफ्ना पूर्ववर्ती अली खामेनीद्वारा जारी निर्देशन तथा जुनको अन्त्यमा आफूले व्यक्त गरेका भनाइले इरानको […]

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छिन् । शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित […]

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्ने आज बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ कार्यसूची रहेको छ । बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा सांसदले उठाएका प्रश्नको […]

भेनेजुएला भूकम्पमा कुकुरले उद्धार गर्दै, २५ जनाको ज्यान जोगाउन सफल

कारसस । भेनेजुएलामा आएको विनाशकारी भूकम्पपछि भग्नावशेषभित्र सुगन्ध पहिचान गर्दै र साँघुरा ठाउँमा पसेर खोजी कार्यमा जुटेको मिश्रित नस्लको बोर्डर कोली कुकुर ‘सुनामी’ आफ्नो अवकाशअघिको अन्तिम उद्धार अभियानमा खटिएको छ। एउटा आँखा खैरो र अर्को आँखा निलो हुने (हेटेरोक्रोमिया) विशेषताका कारण सजिलै चिनिने सुनामीले पछिल्ला १० दिनमा भग्नावशेषमुनि फसेका धेरै व्यक्तिहरूको अवस्थिति पत्ता लगाउन सहयोग गरेको […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपला सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोल ९ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी २० रुपैयाँले […]

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा […]