बुद्धभुमि हाइड्रोपावर नेपालको सञ्चालकमा नीर क्षेत्री नियुक्त

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्रीलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषी  प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाका कामू सिईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि भिआरएस लिएर बाहिरीएपछि सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई काम सीईओ नियुक्त गरिएको हो । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । […]

किसानले बिक्री गर्ने दूधमा नगरपालिकाले दिन थाल्यो अनुदान

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई […]

 नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल

काठमाडौं । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् […]

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँदैछन् बोनस ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१-८२ का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१-८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो […]

दराज नेपालद्वारा बृहत बचत तथा आकर्षक उपहारहरू सहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२) को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ । कम्पनीका अनुसार सेल […]

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं । एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपेयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार सुन प्रतितोला २ लाख ५३ हजार १ सय रयपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर ८०५ […]

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भएको थियो […]

एमाले अध्यक्ष ओलीले सम्पादकहरुसँग संवाद गर्दै

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा हुने तय गरिएको छ। शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र […]