आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आव्हान गरेका छन् । ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । यसअघिको क्याविनेटले यही वैशाख २८ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बाढी पहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालन, केही अवरुद्ध

काठमाडौं । केही दिनदेखिको वर्षाका करण आएको बाढी पहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आजदेखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन् । यही वैशाख २१ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालीका(६ चौकीडाँडा र रोशी गाउँपालिका(७ घुमाउने, ४०० बेँसीस्थित बिपी राजमार्ग तथा सल्यानको कुमाख गाउँपालिका(२ खरखरखोला र कोइरालाखोलास्थित सल्ली […]

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले शुक्रबार ४० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ९६ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौं । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र […]

छिमेक लघुवित्तले ९ महीनामा कमायो ९० करोड नाफा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीको नाफा ६ प्रतिशतले बढेको हो । चालु आवको ९ महीना (चैत मसान्तसम्म) मा कम्पनीले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६.२० […]

सिद्धार्थ प्रिमियरको नाफामा भारी गिरावट, इपीएस कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ४ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१५ प्रतिशतले कम हो […]

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए […]

आहा ! अर्मके झरना, प्रचारप्रसारको अभावले ओझेलमा

म्याग्दी । धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । यो झरना सुन्दर, मनमोहक र आकर्षक देखिन्छ । अग्लो पहाडको फेदीमा दुईवटा तहमा छङछङ गर्दै झर्ने अर्मके झरनाको फेदीबाट म्याग्दी नदी बग्छ […]

विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बङ्गालमा संवैधानिक सङ्कट

काठमाडौं । भारतको पश्चिम बङ्गाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक सङ्कट छाएको छ । राज्यपाल आर. एन. रविले पश्चिम बङ्गाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक सङ्कट देखा परेको हो । राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा १७४(२)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै बिहीबारदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले […]

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ । पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो […]