काठमाडौं ।गृह मन्त्रालयले रसुवा भोटेकोशीमा आएको बाढी त्रिशुली नदी फुर्के ,मलेखु जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको बताएको छ ।
मन्त्रालयले त्रिशुली नदी फुर्के ,मलेखु जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाइएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत गरिरहेको छ । बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नरनगराउन आग्रह समेत गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन
नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन



