ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति

काठमाडौं । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ । सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक […]

अब नेपाल टेलिकमका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ग्राहकको घरैमा उपलब्ध हुने

काठमाडौं ।  नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गरी सम्बन्धित सबैमा जानकारी गराएको हो। यस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ। […]

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । बिहीबार यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा २ प्रतिशतले घटाउने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । पेट्रोलियम पदार्थको मूल्य बढ्दा यात्रुवाहक तथा मालवाहक सवारीमा ५ प्रतिशतसम्म भाडा बढाएको विभागले इन्धनको मूल्य घट्दा २ प्रतिशत भाडा […]

म्युचुअल फन्डको नाफा २२.४७ प्रतिशतले बढ्दा अधिकांश फन्डको ‘न्याभ’ मा पनि सुधार

काठमाडौं । सञ्चालनमा रहेका ५७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी) ले जेठ महिनामा समग्रमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । वैशाखमा फन्डहरुको नाफा ९४ करोड १६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जेठमा नाफा २२.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ। जसमध्ये, सबैभन्दा धेरै नाफा कमाउने फन्ड प्रभु स्मार्ट फन्ड बनेको […]

अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक सम्पन्न गर्न २ अर्ब बजेट, ३९ जिल्लाका योजना समेटिए

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गतका अधुरा आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार ३९ जिल्लामा रहेका अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका लागि आवश्यकताका आधारमा बजेट छुट्टाइएको हो। कार्यक्रमअनुसार कञ्चनपुर जिल्लाका अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका […]

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं ।राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, […]

सरकारको १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम भए ?

काठमाडौं ।सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवामार्फत नागरिकमैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ । प्रशासनिक प्रक्रियालाई छोट्याउनेदेखि नागरिक एपमार्फत सेवा विस्तार, सरकारी कागजात घरमै पुर्‍याउने ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सञ्चालन, सरकारी […]

अधुरा सडकका लागि दुई अर्ब विनियोजन

काठमाडौं ।पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३र८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ । मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो । मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट […]

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवा लिएको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार झाले सन् १९९८ मा Magadh […]

मन्त्रिपरिषद्का निर्णय : ८ एआईजीको सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुरक्षा, प्रशासन, शिक्षा, सञ्चार तथा नीति सुधारसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको समुद्रसम्बन्धी कानुनको महासन्धि (UNCLOS) अन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति […]