नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताएका छन् । ‘ग्रे लिष्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ,राष्ट्रिय सभामा सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भने, ‘हामी ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन, फेरी कहिल्यै ग्रे लिष्टमा नपर्ने गरी […]

एनआईसी एशिया बैंकका ग्राहकले सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहकहरुले OPD, […]

प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन् । उनले यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताए । प्रधानमन्त्री ओलीले ‘एससिओ’ शिखर […]

थाई अदालतद्वारा प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

बैङ्कक । थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ । फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउने छिन् । अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइमा सहमति जनाएपछि जुलाई १ मा उनलाई निलम्बन गरिएको थियो […]

टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्ने टाइगर वानको आम्दानी ४२ करोड २० लाख, वित्तीय अवस्था निकै कमजोर

काठमाडौं । टाइगर वान प्रालिले गत वर्ष (सन् २०२५) मा ४२ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ७७.३१ प्रतिशत धेरै हो । सन् २०२४ मा यस कम्पनीले २३ करोड ८० लाख, सन् २०२३ १२ करोड ९० लाख, सन् २०२२ मा ७ करोड ६० लाख र सन् २०२१ मा यसले १ करोड […]

अमेरिकाको शुल्कप्रति ब्राजिलको गम्भीर प्रतिक्रिया, सम्भावित कदमहरू अध्ययनमा

ब्रासिलिया । अमेरिकाले ब्राजिलबाट आउने वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि ब्राजिल सरकारले त्यसको प्रतिक्रिया स्वरूप के–के कदम चाल्न सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा विचार गरिरहेको छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पूर्व राष्ट्रपति जाइर बोल्सोनारो सम्बन्धी मुद्दालाई लिएर अमेरिकाले लगाएको शुल्कप्रति उचित जवाफ दिन सकिने विकल्पहरूको समीक्षा गर्न निर्देशन दिएका छन । […]

युनाइटेड अजोड इन्सुरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्सुरेन्सको २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्ष सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

नबिल ब्यालेन्सड् फण्ड-२ र नबिल ब्यालेन्सड् फण्ड-३ को लाभांश घोषणा

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ ले गत वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड-३ दुवैले १३ प्रतिशत प्रतिफल दिने घोषणा गरेका हुन् । प्रतिफल वितरण प्रयोजनार्थ भदौ २२ गते आइतबार बुक क्लोज हुने भएको छ । तसर्थ, भदौ १९ गतेसम्म कायम रहेका इकाईधनीहरुले […]

प्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको हो । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको […]

४ अर्ब ४२ करोड पुग्यो निर्जीवन बिमा कम्पनीहरुको सेयर बजारमा लगानी, राष्ट्रिय बिमाको सबैभन्दा धेरै

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले असारमसान्तसम्म ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ बराबरको रकम सुचीकृत कम्पनीहरुको सेयरमा लगानी गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.५४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बिमा कम्पनीहरुले ३ अर्ब ८६ करोड लगानी गरेका थिए । बिमा प्राधिकरणले सार्वजनिक गरेको रिपोर्ट अनुसार यी कम्पनीहरुमध्ये सबैभन्दा धेरै […]