लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० बराबरको आम्दानी भएको छ । यस वर्ष अलैँची प्रतिकिलो रु एक […]

अफगानिस्तान सरकारद्वारा तीन करोड ८० लाख अमेरिकी डलर भन्दा बढीका २१ वटा पूर्वाधार परियोजना स्वीकृति

काबुल । अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले दुई अर्व ५० करोड अफगानी (लगभग तीन करोड ८० लाख अमेरिकी डलर) बराबरका २१ वटा पूर्वाधार परियोजनाहरू स्वीकृत गरेको छ । आर्थिक मामिला उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ३३ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी २१ वटा स्वीकृत गरेको जनाइएको छ । स्वीकृत पहलमा […]

सुनचाँदीको मूल्यमा ऐतिहासिक छलाङ, सुरक्षित लगानीको खोजीले भाउ आकाशिँदै

काठमाडौं । अमेरिकी डलर कमजोर बन्दै जाँदा र विश्वभर जारी भू–राजनीतिक अनिश्चितताका कारण सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । जनवरी २८ मा सुनको मूल्य पहिलो पटक प्रति औँस ५ हजार २५० अमेरिकी डलर नाघेको छ । यसअघि मंगलबार सुनको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढिसकेको थियो । यता, बुधबार भने सुनको भाउ यो समाचार तयार […]

६ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार २४ अर्ब बढी

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को ६ महिनमा १६ लाख ५० हजार ४१ वटा बिमालेख बिक्री गर्दै २४ अर्ब ३० करोड २९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । पुस महिनामा मात्र ३ लाख ५ हजार ३३४ बिमालेख बिक्री गरेको छ । बिमालेख बिक्री गर्दै ९ अर्ब ८१ करोड ५७ लाख  रुपैयाँ बिमा […]

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत  श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ । संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगले […]

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

नयाँदिल्ली । भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म […]

कर्णालीका पाँच जिल्लामा भारी हिमपात

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न भेगमा भारी हिमपात भएको छ। मंगलबार रातिदेखि भइरहेको हिमपातका कारण डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। अधिकांश स्थानमा वर्षा पनि भएको छ। त्यहाँका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा हिमपात भइरहेको हो। हुम्ला सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा […]

सुनचाँदीको मूल्यमा लगातार नयाँ कीर्तिमान, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी ब्यवसाय महंसघका अनुसार सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार  सुन प्रतितोला ३ लाख ९ हजार ३ सय […]

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो । बैंकमा खाता खोल्नको लागि ग्राहकहरुले बैंकको काठमाडौंको […]

धितोपत्र बोर्डमा कर्मचारी पलायन बढ्दो, एक वर्षमै सात जनाले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारी पलायनको क्रम बढ्दै गएको छ। पछिल्लो एक वर्षको अवधिमा मात्रै बोर्डका सात जना कर्मचारीले जागिर छाडेका छन्। बोर्ड स्रोतका अनुसार गएको माघ महिनादेखि हालसम्म ती कर्मचारीहरुले राजीनामा दिएका हुन्। बोर्डका एक अधिकारीका अनुसार अन्य क्षेत्रमा तुलनात्मक रुपमा राम्रो सेवा सुविधा, करिअर विकास र अवसर देखिएकै कारण कर्मचारीहरुले […]