८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

काठमाडौं ।  भिभोले आज नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई५०० सार्वजनिक गरेको छ । आकर्षक नेबुला विन्डो क्यामेरा मोड्युल डिजाईन सहित आएको यो स्मार्टफोन पर्ल वाईट र मिड नाईट ब्लु गरी दुई स्टाइलिस रंगमा उपलब्ध छ । आधुनिक सौन्दर्यशास्त्र र उत्कृष्ट क्राफ्टम्यानशिपको संयोजन रहेको भिभो वाई५००मा स्लिम तथा एर्गोनोमिक डिजाइन प्रयोग गरिएको छ, जसले […]

युरोपेली सङ्घ र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

काठमाडौं ।यूरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित चिनियाँ प्रतिनिधि वाङ वेनताओ र इयूका उच्च व्यापार अधिकारी मारोस सेफकोभिकबीच सोमबार भेटवार्ता हुनेभएको छ। सेफकोभिकले आफ्ना चिनियाँ समकक्षी वाङबीच दिनभर समस्या न्युनिकरण गर्न छलफल हुनेछ । यूरोपमा २७ राष्ट्रको समूह यूरोपेली सङ्घ (इयू) ले एसियाली शक्ति राष्ट्र चीनबीच बढ्दो व्यापार असन्तुलनलाई लिएर चिन्ता व्यक्त […]

१०६ मेगावाटको जगदुल्ला आयोजना निर्माण चरणमा, १६.६६ अर्ब ऋण जुट्यो

काठमाडौं । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाइएको यो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको […]

अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो

काठमाडौं ।पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले कराचीमा सप्ताहन्तमा भएको घातक आक्रमणमा संलग्न समूहलाई […]

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार

काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी  चाँदी प्रतितोला […]

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराेका  छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराेको हो । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको […]

वैदेशिक सहायता लक्ष्य अनुरुप भित्रिएन , १५ दिनमा २९ अर्ब भित्राउनु पर्ने दबाब

काठमाडौं । सरकारमाथि चालू आर्थिक वर्षको अन्तिम त्रैमासिकमा वैदेशिक सहायता भित्र्याउने दबाब देखिएको छ । दातृनिकायहरुले वैदेशिक सहायता घटाउँदै गएको अवस्थामा चालू आर्थिक वर्षको अन्तिम त्रैमासिकमा सरकारलाई सात खर्ब २९ अर्ब भन्दा बढी वैदेशिक सहायताको लक्ष्य पूरा गर्नुपर्ने दबाब परेको हो । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ मा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ विदेशी अनुदान […]

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन्। आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उनले भने, ‘कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न […]

किसानले मल र बीउ पाएनन्, सरकारले गम्भीरता देखाओस् : प्रचण्ड

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै उनले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव भएको बताएका हुन् […]

मनसुनी गतिबिधि बढ्दो सतर्कता अपनाउन नागरिकलाइ आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको समेत संभावना छ। यसैगरी देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा तथा […]