जीडब्लुएमको ड्रागन आर्मर ब्याट्रीले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, GWM विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। यही कारण GWM […]

बजेट कार्यान्वयन गर्न सरकारको तत्परता  जारी गर्यो ३७ बुँदे मार्गदर्शन पुर्ण पाठ सहित

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ सुरु भएको चौथो दिन सरकारले बजेट कार्यान्वयनको लागि ३७ बुँदे मातहत निकाय र सरोकारवाल निकायलाइ  मार्गदर्शन जारी  गरेको छ ।  सरकारले बजेट कार्यान्वयनलाई थप मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउनका लागि नयाँ मार्गदर्शन जारी गरेको बताएको छ  । अर्थ सचिब घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयहरूलाई […]

जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक: मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन् । नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन् । उनले उक्त लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल […]

रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ । विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिएकी छन् […]

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार तथा धितोपत्र व्यवसायसँग सम्बन्धित सरोकारवाला निकाय र व्यवसायीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुँजी बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक काम अघि बढाइने बताएका हुन्। उनले व्यवसायीहरूले उठाएका जायज मागबारे सम्बन्धित निकायसँग छलफल […]

तीन सरकारी बीमा कम्पनीमाथि बीमा प्राधिकरणको कडा निगरानी, वित्तीय सुधार गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वित्तीय विवरण, लेखा परीक्षण तथा नियामकीय दायित्व पूरा गर्न ढिलाइ गरेका सरकारी स्वामित्वका तीन बीमा कम्पनीमाथि कडा निगरानी बढाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र नेपाल पुनर्बीमा कम्पनी लाई वित्तीय विवरण तथा लेखा परीक्षणमा भएको ढिलाइका कारण […]

यस्ता छन् सचिवहरुका बैठकले गरेका २२ वटा महत्वपूर्ण निर्णयहरु

काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले मुलुकको प्रशासनिक प्रणालीलाई चुस्त बनाउन र सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन विभिन्न २२ बुँदे निर्णय गरेको छ। मुख्य सचिवमा गोविन्दबहादुर कार्कीको बढुवा नियुक्ति भएपछि पहिलो पटक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवहरूको बैठकले २२ बुँदे निर्णय गरेको हो । जसमा शासकीय सुधार, प्रशासनिक सुधार , सरकारी सेवाहरु […]

सातामा दुई दिन बिदा पुनरावलोकनका गर्न गृहको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिने

काठमाडौं । सातामा दुई दिन बिदा पुनरावलोकनका गर्न कार्यदल गठन गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको मुख्य सचिव र सचिवहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकले हप्तामा शनिवार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहेका अन्य सार्वजनिक विदाहरूलाई पुनरावलोकन गर्न आवश्यक देखएकाले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा […]

मालपोत, नापी , यातायात लगायतका कार्यालय विचौलियामुक्त बनाउने

काठमाडौं । सरकारले जनसम्पर्क बढी हुने मालपोत, नापी, यातायात, श्रम, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयहरूको सेवाप्रवाह सहज, सरल र विचौलियामुक्त बनाउन बताएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको सचिवहरुको बैठकले उक्त निर्णय ग रेको हो । बैठकले जनसम्पर्क बढी हुने मालपोत, नापी, यातायात, श्रम, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयहरूको सेवाप्रवाह […]

आशिका तामाङको प्रष्टिकरण : १ करोड ३५ लाखको चेक बाउन्स विषयमा म आफैं पीडित हुँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले १ करोड ३५ लाखको चेक बाउन्स विषयमा आफू नै पीडित भएको बताएकी छिन् । पछिल्लो समय उक्त चेक बाउन्सलाई लिएर समाचार र सामाजिक सञ्जलामा चर्चा भएको भन्दै उनले सो कुरा बताएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत् विगत केही दिनदेखि विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा राजनीतिक […]