यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० […]

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, दुई घाइते

दैलेख । दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । बँदेलकाे आक्रमणबाट भैरवी गाउँपालिका–६ कुर्मकाेटका ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । बाख्रा चराउन गएको अवस्थामा उनलाई बँदेलले आक्रमण गरेको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि […]

स्वास्थ्य बीमा कार्यक्रममा सुधार आवश्यक : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याएकी छन् । सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताईन् । ‘स्वास्थ्य बीमा कार्यक्रमका लागि यस वर्ष सरकारले ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो, त्यो बजेट […]

बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको अध्यक्षमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको बताए । […]

निर्वाचन प्रयाेजनका लागि उम्मेदवारले एकै प्रकृतिका दुई वटा खाता खोल्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि एक उम्मेदवारले एकै प्रकृतिका दुई वटा बैंक खाता खोल्न सक्ने व्यवस्था गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि यस्तो व्यवस्था गरेको हो । निर्वाचन आयोगको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तो खाता निर्वाचन […]

नाफिजले सदस्य सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सदस्य अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्राप्त भएको दाबी रकम आइतबार सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटा हाल व्यक्तिगत प्रयोजनका लागि देशबाहिर छन् । उनको व्यक्तिगत खातामा ९२ हजार ७०० रुपैयाँ जम्मा गरिएको नाफिज […]

नेपाल टेलिकमले ल्याएको विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको छ । पहिले देखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड […]

सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी

काठमाडौँ । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको सरकारको तथ्याङ्कले सोमबार देखाएको छ । मौसमी रूपमा समायोजित आधारमा, नोभेम्बरसँग तुलना गर्दा कुल उत्पादन १३.३ प्रतिशत घटेको छ । ६ वटा प्रमुख समूहमध्ये इलेक्ट्रोनिक्स, यातायात इन्जिनियरिङ् र प्रिसिजन इन्जिनियरिङ्ले वार्षिक वृद्धि देखाएका छन् । यसमध्ये इलेक्ट्रोनिक्सले ३०।८ प्रतिशतले सबैभन्दा ठूलो […]

यूक्रेन–अमेरिका–रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियाको सम्भावना बलियो

वासिङ्टन । यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार यूक्रेनको लागि अमेरिकाबाट प्रस्ताव गरिएको सुरक्षा ग्यारेन्टी दस्तावेज पूर्ण रूपमा तयार रहेको बताएका छन् । दुई दिनसम्म चलाइएको वार्ता पछि तयार भएको यो दस्तावेजमा यूक्रेन, अमेरिका र रूसका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी थिए । जेलेन्स्कीका अनुसार अब दस्तावेजमा हस्ताक्षरको मिति तय हुन बाँकी छ, र हस्ताक्षर पछि यसलाई अमेरिकी […]

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत अर्बमबिच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताका बारेमा छलफल भएको छ । त्यसक्रममा मन्त्री अर्यालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न […]