अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बाटो देखाउनुपर्ने बताएका छन् । वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् । अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्दै अब विगतमा जस्तो सरकारले दोहोर्‍याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको […]

राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुनसक्दैन : डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर भए अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् । उनले सरकारसँग पैसा नभएको गुनासो गरिए पनि भएको स्रोतसमेत प्रभावकारी रूपमा उपयोग हुन नसकेको स्थिति राम्रो नभएको औंल्याएका छन् । निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाइए पनि लगानी आकर्षित हुन नसकेको चिन्ताजनक रहेको उनको भनाइ छ । ब्याजदर […]

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बढेको […]

ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा फेरि अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा फेरि अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै डाटा सेन्टरमा समस्या आएकाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) तथा नयाँ आवेदन दिने प्रणाली (applynew.dotm.gov.np) अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द भएको जानकारी गराएको हो । यससँगै देशभरका यातायात कार्यालयहरूबाट लाइसेन्स नवीकरण, नयाँ […]

उद्यमीलाई कालोसूचीमा राख्ने क्रम अस्वभाविक रुपमा बढ्योः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसुचीमा राख्ने क्रम अस्वभाविकरुमा बढेको बताएका छन्। शुक्रबार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाखभन्दा बढी कालोसूचीमा राखिनु अस्वभाविक भएको बताए। उनले कालोसूचीमा राखेकै कारण कर्जा लिनेको संख्या बढ्न नसकेको […]

निर्माणाधीन कोबाङ–जोमसोम सडक ८ वर्षदेखि अलपत्र

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो । मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । […]

एनपीएल सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान

काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले सिजन-२ मा स्पोन्सर, टिम, टिकटहरुबाट कुल ३५ करोड बढी उठ्ने अनुमान गरेको हो । स्पोन्सरबाट १५ करोड ३० लाख र ८ टीमबाट ९ करोड क्यानका सचिव पारस खड्काले जानकारी […]

इपीएस अन्तर्गत ६७ हजारको मंसिरदेखि भाषा परीक्षा

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत मंसिर १ बाट उत्पादनमूलक क्षेत्रमा ६७ हजारको परीक्षा सुरु गरिने भएको छ । रोष्टरमा रहेका युवाले पहिला आफूहरूलाई कोरिया लैजानु पर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा २ महिना भित्र सक्ने गरी मंसिरदेखि सुरु गर्न लागिएको हो । हाल […]

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे । “फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ”, […]

शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी । बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनैकुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुन पहिले नै पूर्व तयारी बढाएको हो । “मधेसमा शीतलहर वर्षौंपिच्छे भोग्दै आइएको समस्या […]