पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौं । इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो । यहाँस्थित इजरायली दूतावासले जारी गरेको […]

‘विकासविरोधी’ वन ऐन संशोधन नभए १९ हजार मेगावाटका आयोजना संकटमा : इप्पान अध्यक्ष डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले झन्झटिलो प्रशासनिक प्रक्रिया र ‘विकासविरोधी’ वन ऐनका कारण नेपालको ऊर्जा क्षेत्रले ठुलो चुनौती भोग्नुपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले यस्तो धारणा राखेका हुन् । […]

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमाः महासंघ अध्यक्ष श्रेष्ठ 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू गम्भीर समस्यामा परेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले […]

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन एक वर्षभित्र सम्पन्न गरिने : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादनसँगै अब दिगो आपूर्ति र वितरण प्रणालीलाई सुदृढ बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार चुनौती र स्तरोन्नती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समय बढ्दो विद्युत् मागलाई व्यवस्थापन गर्न जीर्ण तथा कम क्षमताका […]

विद्युत उत्पादन बढे पनि पूर्वाधार अभावले ६० प्रतिशत उद्योग अझै जेनेरेटरको भरमा : अध्यक्ष विरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन बढे पनि पर्याप्त पूर्वाधार नहुँदा उद्योगहरूले अझै सास्ती भोग्नुपरेको बताएका छन्। आर्थिक पत्रकार समाज (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले उद्योग क्षेत्रमा अझैपनि लोडसेडिङ भइरहेको बताए । पछिल्लो समय जलविद्युत उत्पादन ३ हजार मेगावाट […]

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्छ :राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण लाइन अभावका कारण धेरै जलविद्युत आयोजना प्रभावित भएकाले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले जलविद्युत क्षेत्रको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग अझै ठूलो लगानी क्षमता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ ( नाफिज)द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै प्रवक्ता पौडेलले ऊर्जा क्षेत्रमा लगानी प्रबर्द्धन गर्न केन्द्रीय बैंकले विशेष […]

तीन दिने औपचारिक भ्रमण पछि नेपाल फर्कए उपराष्ट्रपति रामसहाय यादव

काठमाडौं । उपराष्ट्रपति  रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज नेपाल फर्कएका छन्। भ्रमणका क्रममा  उपराष्ट्रपतिले लुसेल सिटीस्थित लुसेल प्यालेसमा कतार राज्यका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीसँग भेटघाट गरे। सो अवसरमा उनले गत १२ जुलाई २०२६ मा देहावसान भएका कतार राज्यका पूर्व अमिर (फादर अमिर) महामहिम शेख हमाद […]

पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरुको मनोबल उच्च राख्न सरकारको जोड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन्। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिए । […]

वर्षभरिमा १६ खर्ब १२ अर्ब भन्दा बढीको सेयर कारोबार, उत्पादन समूहलाई सबैभन्दा धेरै फाइदा

काठमाडौं । आज बिहीबार (असार ३२ गते) आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेप्से सूचक ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा बन्द भएको छ। यस दिन कुल ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेप्से ७.०५ प्रतिशतले घटेको छ। गत आवको अन्तिम कारोबार दिन नेप्से […]