कजारियाले विराटनगरमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई विस्तार

विराटनगर ।  प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी नाम कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ। न्यु ज्योति ट्रेडर्स द्वारा सञ्चालित यस शोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राख्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक खरिद अनुभव प्रदान गर्नेछ। शुक्रबार […]

तत्कालीन वडा अध्यक्ष जलालुदिनलाई करिब ७ लाख भ्रष्टचार गरेको आरोप, चार जना विरुद्ध भ्रष्टचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसमेत ४ जना विरुद्ध भ्रष्टचार मुद्धा दायर गरिएको छ । अख्तियारले उनीहरुले सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले वडा अध्यक्ष मंसुरलाई ६ लाख […]

२०८२ एशियन ब्याट्री द्वारा अन्तर्राष्ट्रिय प्रदर्शनीमा “Made in Nepal” को गौरवपूर्ण प्रदर्शन

काठमाडौं । नेपाली उद्योग क्षेत्रका लागि गर्वको विषय बन्दै, Asian Batteries Ltd.ले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने अभियान सुरु गरेको छ। भारतको गुजरातमा जनवरी २३, २०२६ देखि २५ जनवरी सम्म आयोजना भएको पावर अन कन्फ्रेन्समा Asian Batteriesका नेपालमै उत्पादन गरिएका विभिन्न ब्याट्रीहरू, अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक प्रयोजनका लागि,अन्तर्राष्ट्रिय […]

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राखेकी छन् । नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा आइतबार आयोजित पहिलो दीक्षान्त समारोहमा उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिइन् । ‘हाम्रो मुलुक अरूले आएर बनाइदिने […]

५७.५५ अंकले बढ्यो नेप्से,९ स्टकको सेयर सकारात्मक सर्किट

काठमाडौं । आइतबार नेप्से परिसूचक ५७.५५ अंकले  बढेको छ । बजार २७७२.१७ अंकमा पुगेर बन्द भएको छ । ३३१ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २४० वटाको भाउ बढेको छ भने १९ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख ३३ हजार ५२९ पटक कारोबार हुँदा […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१\८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ३०० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा […]

उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

बाँके । प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई बाँकेका उद्योगी, व्यवसायीले समृद्ध जिल्ला बनाउनका लागि दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका छन् । नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारले जिल्लाको व्यवसाय धरासायी भई व्यवसायी पलायन भएका, एकीकृत जाँच चौकी ९आइसिपी० बने पनि त्यसले बाँकेमा आर्थिक चलायमानका लागि कुनै योगदान पुर्‍याउन नसकेको, नौबस्तास्थित औद्योगिक क्षेत्र निर्माणमा सरकारले योजना नबनाएको […]

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु

काठमाडौं । कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरण/उपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ । उक्त सम्झौतामा कोशी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक […]

गाजामा द्वितीय चरण लागू गर्न अमेरिकी दबाब, नागरिक सुरक्षामा जोड

काइरो । अमेरिकी उच्चस्तरीय दूतहरूले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरी गाजामा रोकथाम सम्झौताको द्वितीय चरण सुरु गर्न आग्रह गरेका छन्। अमेरिकी प्रतिनिधिहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका दामाद तथा मध्यपूर्व सल्लाहकार जारेड कुश्नर थिए। नेतान्याहुको कार्यालयले भेटको विस्तृत विवरण भने सार्वजनिक गरेका छैन। तर एक अमेरिकी अधिकारीका अनुसार, दूतहरूले […]

राष्ट्रियसभा निर्वाचन : ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो । अहिलेसम्म कोसी […]